मेट्रो ४०० एमजी र प्यारासिटामोल ५०० एमजी औषधि बिक्री वितरणमा रोक

मातृभूमी संवाददाता । २४ असार दैलेख
औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । अनुगमनका क्रममा दुई औषधि न्यून गुणस्तरको पाइएपछि बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै विभागले विभागले मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) नामक औषधिहरुको बिक्री वितरणमा रोक लगाएको हो । विभागले यी औषधिहरु बिक्री वितरणका साथै सिफारिस तथा प्रयोग नगर्न र नगराउन अनुरोध समेत गरेको छ । यी दुवै औषधिहरु लोमस फर्मास्युटिकल्स प्रालिका उत्पादनहरु हुन् । दैलेखमा यि दुई औषधीको विक्रि वितरण रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *