कांग्रेसद्धारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन

मातृभूमी संवाददाता । २७ असार काठमाण्डौ
नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटो भन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका हुन् ।
सभापति देउवाले प्रभावित क्षेत्रका कांग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक संघ संस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पु¥याउन निर्देशन दिएका छन् । केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा सातको मृत्यु र ११ घाइते, लमजुङमा तीनको मृत्यु र चार घाइते, सिन्धुपाल्चोकमा दुईको मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् ।
यसैगरी कैयौँ नागरिक बासस्थानबाट विस्थापित भएको तथा कैयौँ स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *