जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ बेपत्ता मध्ये ७ जनाको शव फेला

मातृभूमी संवाददाता । २७ असार जाजरकोट
जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । बेपत्ता मध्ये सात जनाको शव भेटिएको र जसमध्ये तीन जनाको पहिचान खुल्न सकेको छैन ।
पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको हो । बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४।४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *