कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

मातृभूमी संवाददाता । २७ असार दैलेख
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना भाइरसका ११ जना संक्रमित थपिएका छन् । सर्खेत स्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एक र एक जना जाजरकोट र दैलेखका रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५६१ पुगेको छ ।
साथै, कर्णालीमा पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ३० जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३२१ रहेको छ । २३४ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!