रियल मड्रिडले आल्भेसलाई हरायो, बेन्जिमाले देखाए चमत्कार

एजेन्सि
स्पेनिस ला लिगा फुटबलमा गएराति भएको खेलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले आल्भेसमाथि २–० को जित दर्ता ग¥यो । रियलको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो । पेनाल्टीमा पहिलो गोल गरेका उनले दोस्रो गोलका लागि समेत पास उपलब्ध गराएका थिए । करिम बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमा रियललाई अग्रता दिलाएका थिए ।
पाहुना टिमका जिमो नवारोले फेरोमे मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । बेन्जिमाले उपलब्ध गराएको पासमा गोल गर्दै उनले रियलको जित सुनिश्चित गरेका हुन् । रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।
लिगमा तीन चरणको खेल बाँकी रहदाँ रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *