खेलकुद परिषद्को सदस्य सचिवका लागि दरखास्त आह्वान

मातृभूमी संवाददाता । २७ असार काठमाण्डौ
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र निवेदन पेस गरिसक्नुपर्ने जनाएको छ ।
नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालसहितका बोर्ड सदस्यहरुको नियुक्ति खारेज भएको थियो । मन्त्रालयले मन्त्रालयका कर्मचारी भक्तबहादुर ढकाललाई कार्यवाहक सदस्यसचिव नियुक्त गरेपनि उहाँले राखेप जान इच्छा नदेखाएपछि मन्त्रालय दरखास्त आह्वान गर्न बाध्य भएको हो ।
यसैबीच, मन्त्रालयले सदस्यसचिव सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक रहेको तीन सदस्यीय समितिमा पूर्वबोर्ड सदस्य इन्दिरा निरौला र पूर्वकर्मचारी रिम रानाभाटलाई विज्ञको रुपमा सदस्य नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *