नौमूलेका २ हजार ३१२ विद्यार्थीको घरमै पुगेर दिवा खाजा वितरण

मातृभूमी संवाददाता । २७ असार दैलेख
दैलेखको नौमूले गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूलाई घरमै पुगेर दिवा खाजा वितरण गरिएको छ । नौमुले गाउँपालिका भित्रका ७ ओटा आधारभूत विद्यालय र २७ ओटा प्राथमिक विद्यालय गरी जम्मा ३४ ओटा विद्यालयका घर घरमा टेक होम रासनका रूपमा दिवा खाजा वितरण गरिएको हो ।
नौमुले गाउँपालिका भित्र रहेका ३४ ओटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ३३ जना छात्र र एक हजार एक सय ७३ छात्रा गरी दुई हजार तीन सय १२ जना विद्यार्थीहरु लाभान्वित भएका छन् । उनीहरूलाई प्रति विद्यार्थीले ७ के.जी. चामल, २ के.जी. दाल र ४५० ग्राम तेलका दरले उपलब्ध गराइएको छ । अन्य समयमा विद्यालयमा दिवा खाजा वितरण गर्ने विश्व खाद्य कार्यक्रमले हाल कोरोनाको कहरले गर्दा विद्यार्थीको घरमै पुगेर दिवा खाजा वितरण गरिएको शिक्षाका लागी खाद्य परियोजना इकाई कार्यालय दैलेखका एकाइ प्रमुख कृष्ण प्रसाद रेग्मी बताए ।
कोरोनाको कारण घरमा पुगेर दिवा खाजा पु¥याउने अवस्थामा सहभागी शिक्षक, अविभावहरुलाई वितरण केन्द्रमा नै साबुन पानीले पटक पटक मिचिमिची हात धुने, मास्कको समुचित प्रयोग गर्ने, भौतिक दुरीको पालना गर्ने र अन्य वितरणका क्रममा आवश्यक पर्ने सहयोग एकीकृत विकास समाज नेपाल (आइडिएस–नेपाल) का सामाजिक परिचालक विष्णु कुमारी शाही र सम्झना शाहीले सहकार्य गरेका थिए । उक्त विद्यालयहरूमा विगत ४ वर्ष देखि विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *