किशोरी तथा युवा लक्षित रेडियो कार्यक्रम संचालन

मातृभूमी संवाददाता । २८ असार दैलेख
किशोरी तथा युवा समुह लक्षित रेडियो कार्यक्रम ‘स्वस्थ रुपान्तरण’ दैलेख र अछाम जिल्लामा संचालन भैरहेको छ । नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना किशोरी युवति समुह लक्षित ‘स्वस्थ रुपान्तरण’ रेडियो कार्यत्रम दैलेख र अछामका गरी दुई सामुदायिक रेडियोबाट संचालन भैरहेको हो । सेभ द चिल्ड्रेन र स्थानीय संस्था एभरेष्ट क्लबद्घरा सञ्चालित ‘नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना’ कोरोना सङ्क्रमण रोक्न सरकारले गरेको बन्दाबन्दिले गर्दा समुहमा गएर सुरक्षित मातृत्व, परिवार नियोजन, किशोर किशोरी यौन तथा प्रजनन् स्वस्थ्य सम्बन्धी अत्यावश्यक सुचना तथा परामर्श सेवा लक्षित समुहमा पुगाउन नसकेपछि परियोजनाले रेडियो मार्फत किशोरी तथा युवति समुहमा ‘स्वस्थ्य रुपान्तरण’ रेडियो कार्यक्रम सञ्चालन गरेर सचेतिकरणको अभियानलाई निरन्तरता दिईरहेको हो ।
हाल दैलेख जिल्लामा रहेको रेडियो ध्रुवतारा सामुदायिक एफ.एम. र अछाम जिल्लामा रहेको रेडिया रामारोशनबाट प्रत्येक हप्ताको शनिबार साझ ५ः३० देखि ६ः०० बजे सम्म प्रशारण भइरहेको साझेदारी संस्था एभरेष्ट क्लव दैलेखका कार्यकारी निर्देशक कमल खड्काले वताए । उनले भने, ‘परियोजनाले ‘स्वस्थ्य रुपान्तरण’ रेडियो कार्यक्रम जेठ ३ (१६ मे) देखी सञ्चालन गर्दै आईरहेको छ ।’ परियोजनाले हाल सम्म परिवार नियोजन, महिला तथा बालबलिकामा हिंसा, महिनावारी तथा गर्भाअबस्थामा ध्यान दिनु पर्ने कुराहरु जस्ता बिषयमा रेडियो कार्यत्रम सञ्चालन गर्दै आएको निर्देशक खड्काले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *