विकासे योजनामा निगरानी वढाउँदै नौमूले

मातृभूमी संवाददाता । ३० असार दैलेख
नौमूले गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित योजनाहरु पारदर्शि तथा दिगोपनका लागि अनुगमनलाई तिव्रता दिएको छ । असार सकिनै लाग्दा गाउँपालिकाले सम्पन्न योजनाहरुको भुक्तानी दिनका लागी अनुगमनलाई तिव्रता दिएको हो । योजनामा निगरानी वढाउदै जाँदा निर्माण सम्पन्न भएका योजनाहरुको दिगोपना हुनुका साथै योजनामा पारदर्शी समेत हुने भएकाले अनुगमनलाई तिव्रता दिईएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताएका छन् ।
नौमूले गाउँपालिका भित्र सञ्चालित करिव ९० प्रतिशत भन्दा वढि योजनाहरु सम्पन्न भई सकेको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष अमृता सिंहले वताईन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) कारण देश नै लकडाउन अर्थात वन्दावन्दिको अवस्थामा निमार्ण सामाग्री अपुगले गर्दा केहि ठुला योजनाहरुको काम तिव्र गति हुन नसकेको उपाध्यक्ष सिंहले वताईन् ।
गाउँपालिकाले संचालन गरेका योजनाहरुको अनुगमन गरी भुक्तानी दिनका लागी सिफारीस गर्ने गरिएपछि योजनाहरुको दिगोपना र पारदर्शितामा सहज भएको नौमूले गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष मोतिलाल वस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *