पहिरोमा पुरीएर तिन जना गम्भिर घाईते, गाउँ नै उच्च जोखिममा

मातृभूमी संवाददाता । ०२ साउन दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिकामा पहिरोका कारण जनजीवन प्रभावित वनेको छ । विहिवार राति भएको वर्षात्सँगै आएको पहिरोले जनजीवन प्रभावित वनेको हो । गाउँपालिकाको वडा नं. ३ खुडखुडीमा घरमाथिबाट आएको पहिरोले रंगबहादुर आलेको घर बगाएको छ । पहिरोमा पुरिएका रंगबहादुर आलेका श्रीमती र छोरालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाका अवस्था चिन्ताजनक रहेका वडाध्यक्ष कर्णवहादुर शाहीले वताएका छन् ।
वडाध्यक्ष शाहीका अनुसार चन्द्रा आलेको ढाड भाँचिएको छ । बाबु र छोराको अवस्था पनि चिन्ताजनक रहेको शाहीको भनाइ छ । घाइतेलाई उपचार व्यवस्थापन र उद्धारका लागि शुक्रबार दिउँसो मात्र प्रहरी उक्त स्थानमा पुगेको थियो ।
वर्षातले सडक पूरै भत्काएका कारण एम्बुलेन्स जान नसक्ने अवस्था आएको र अहिले खुड्खुडीका अन्य १३ घर उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् । लगातारको वर्षातले वडा नं. ३ बाहाकोट बजारका पाँच घर जोखिममा रहेको वडाध्यक्ष शाहीले बताए ।
यस्तै वडा नं. ४ मा आएको पहिरोले गोरु र भैंसी बगाएको छ । ठाँटिकाँध गाउँपालिका वडा नं. ४ को भेरीपातलमा रहेको धिरवहादुर लामिछानेका गोरु र भैसी वगाएको स्थानीय नमराज कठायतले जानकारी दिएका छन् । कठायतका अनुसार लामिछानेका २ गोरु र २ भैसी वगाएको छ ।
वडा नं. ४ मा कर्णवहादुर सिजापति, रमेश सिजापति, जोरासिंह सिजापति र केवल सिजापतिको घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष रमेश सिजापतिले जानकारी दिए । उनले भने, ‘विहिवार राति भएको अविरल वर्षसँगै आएको पहिरोले गहिरोमा रहेको ललित वडुवालको घर नै पुरीएको छ । अरु चार घर पहिरोको उच्च जोखिममा छन् । राति फेरी पहिरो आएर सवै पुरीदिने होकि भन्ने ठुलो चिन्ता लागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *