कविता : समय र मान्छे

भुपेन्द्र शाही
नौमूले, दैलेख
यो समय यस्तै छ
मान्छेलाई
हिडाएर
वोलाएर
कुदाएर
कतै लैजादै छ
निर्जन स्थल तिर
उसको जवानी लुटन
उसको आत्मा लुटन
उसको शरीर लुटन
यो समय यस्तै छ
वाटोमा खेलाउदै
भुलाउदै र डुँलाउदै
लैजादै छ कतै ।

मान्छे छिटो हिडन थाल्यो भने
उकालि दिन्छ र थकान दिन्छ
थकान पश्चात वस्ने चौतारी दिन्छ
मान्छेमा वैराग्य जाग्यो भने
समय प्रवचन दिन्छ
ज्ञानको भोक लाग्यो भने
ज्ञान पनि दिन्छ
वालकलाई खेलौना दिएर भुलाए जस्तै
खसिलाई घाँस देखाएर डोरयाए जस्तै
कतै डो¥याई रहेछ समय ।

हातमा किताब दिएर
मोबाइल दिएर
वतिस पत्ति तास दिएर
गिलास दिएर
स्त्रिलाई पुरुष र पुरुषलाई स्त्रि दिएर
अझै शंका छ समयलाई
मान्छे यतिले भुलिदैन कि भनेर
गुडिया जस्ता बाल वच्चा दिन्छ
अलिकति भौतिक सम्पति दिन्छ
अलिकति निन्द्रा दिएर
अलिकति सपना दिएर
मान्छे अगाडि वढन थाल्यो भने
खुट्टा तान्ने मान्छे दिएर
मान्छेले नाम कमाउन थाल्यो भने
अलिकति वदनामि दिएर
मान्छेलाई भुलाई रहेको छ समय
समय त्यहि हो ।

जसले आफु भन्दा अगाडि कसैलाई जान दिदैन
समय नेता हो
सवै उसकै पछाडि लाग्नु पर्छ
समय लुटेरा हो
सवै उसैको अगाडि सुम्पिनु पर्छ
समय सृष्टि हो
उसैले रचना गर्छ
समय सिमाना हो
उसैको अगाडि टुंगिनु पर्छ
समयले दिईरहन्छ र
फेरि लिईरहन्छ ।

जस्तो अलिकति सम्मान दिन्छ
फेरि अपमान पनि दिन्छ
अलिकति खुसि दिन्छ
र फेरि दुःख पनि दिन्छ
अलिकति रमाइलो दिन्छ
र नरमाइलो पनि दिन्छ
अलिकति याद दिन्छ
र विस्मृति पनि दिन्छ
अलिकति उज्यालो दिन्छ
र फेरि अन्धकार दिन्छ ।

हेर्ने आँखा दिन्छ
र वुढेसकालमा
दृष्टि लुटेर लिन्छ
सुन्ने कान दिन्छ
र श्रवण लुटेर लिन्छ
चल्ने मुटु दिन्छ
र धडकन लुटेर लिन्छ
टाउको दिन्छ
र स्मृति लुटेर लिन्छ
फोक्सो दिन्छ
र अक्सिजन लुटेर लिन्छ
शरीर दिन्छ
र आत्मा लुटेर लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *