समाजसेवी एवं दैलेख उद्योग वाणिज्य संघका अध्यक्षद्धारा स्वास्थ्य सामाग्री वितरण

मातृभूमी संवाददाता । ०३ साउन दैलेख
दैलेख वजारमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । समाजसेवी एवं दैलेख उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलवहादुर विकले दैलेख वजारमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै दैलेख बजारमा मास्क, ग्लोव्स, स्यानिटाईजर र सावुन वितरण गरिएको हो ।
उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकको ब्यक्तिगत लगानीमा दैलेख सदरमुकामको गणेशचोक देखी देवकोटा चोक सम्म स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष विकले जानकारी दिए । स्वास्थ्य सामाग्री वितरण गर्दै अध्यक्ष विकले कोरोना संक्रमण फैलन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए छन् ।
स्वास्थ्य सामाग्री वितरण गर्दै नेपाल रेडक्रस सोसाईटी दैलेखका सभापति खेमराज केसीले कोरोना भाइरसको बारेमा सचेत रहन आग्रह गर्दै साबुन पानीले पटक–पटक मिचिमिच हातमुख धुने, सरसफाईमा ध्यान दिने, भिडभाडमा नजाने, कोरोना भाईरसको संक्रमणबाट आफु सुरक्षित रहन समेत सबैलाई आग्रह गरे ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दैलेखका सभापति खेमराज केसी, दैलेख उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष एवं संघका प्रमुख संरक्षक गणेश श्रेष्ठ, दैलेख उद्योग वाणिज्य संघका सदस्यहरु राधा ज्ञावली, प्रकाश पौडेल लगाएतको सहभागीता रहेको थियो । समाजसेवी अध्यक्ष विकले यो भन्दा पहिले दैलेखका विभिन्न ठाउँमा ब्यक्तिगत लगानीमा ७ लाख भन्दा बढीको स्वस्थ्य सामाग्री वितरण गरीसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *