दैलेख सलहको प्रवेश, भोकमरी निम्त्याउने चिन्ता

मातृभूमी संवाददाता । ०३ साउन दैलेख
संसार भरि अन्नवाली नष्ट गराइ भोकमारीको संभावना निम्त्याइरहेको सलह किरा ठुलो संख्यामा दैलेख प्रवेश गरेको छ । जिल्लामा ठुलो संख्यामा सलह प्रवेश गरेपछि स्थानीयवासी र किसानहरुमा त्रास वढेको छ । केहि समय पहिले सानो संख्यामा सदरमुकाम नारायण नगरपालिका लगाएतका स्थानमा प्रवेश गरेको सलह यो पटक नारायण नगरपालिकाको आकाशमा ठुलो संख्यामा देखिएको छ ।
ठुलो संख्यामा दैलेख प्रवेश गरेको सलह किराले किसानहरुले खेतवारीमा लगाएको मकै र धानवालीमा गम्भीर क्षति पु¥याउन सुरु गरेको स्थानीयहरु वताउँछन् । नारायण नगरपालिकाको आकाशमा पुरै भरिएको सलह भगाउन सदरमुकामवासीले टिन र भाडाकुडा ठटाएका थिए । सलहले खेतवारी जंगल नछोडेको स्थानीयको भनाई छ ।
शनिवार नारायण नगरपालिकाको आकाशमा ठुलो संख्यामा सलह प्रवेश गरेर चुनौति वढाएको कृषकहरुको भनाई रहेको छ । स्थानीय वुद्धिजीवीका अनुसार सवै मिलेर सलह भगाउने उपायाहरु नअपनाए जिल्लामा खाद्य वालीमा क्षति पु¥याउने निश्चित छ ।
गाउँ–गाउँमा दाउरा वालेर धुवा उडाउने, भाडा वजाउने र वाजा वजाउने कामहरु गरे सलह भगाउने सकिने कृषि क्षेत्रमा काम गर्दै आईरहेका संघसंस्थाले वताएका छन् । किसानहरु र अन्य सरोकावालाहरुले समयमै ख्याल नगरे जिल्लाले ठुलो खाद्य क्षति वेहोर्नुपर्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *