दैलेखको एक महिने लामो वर्षेमेला सुरु

मातृभूमी संवाददाता । ०४ साउन दैलेख
आज (आइतवार) श्रावण कृष्ण चतुर्दशी । आज (आइतवार) का दिन नेपाली समुदायमा गठेमंगल पर्व मनाउदै छ । यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । यस दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर सफा सुग्घर गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ । दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगल घाम अस्ताएपछि टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित कीटाणु उपिया, उडुस भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।
परापूर्वकालमा नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस्’ भनी कानमा घण्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले उसको दहन गरिएको कथन छ । किंवदन्ती अनुसार एक युवकको खान्दानी युवतीसँग प्रेम परेको र समाजले नस्विकारेकाले युवकलाई बेवारिसे बनाइयो । युवक मर्दा उसको शव सडकमै भेटिएकाले आगो सल्काएर नगरवासीले दहन गरेको प्रसंगबाट यस दिन परालको मानव बनाई दहन गर्ने चलन रहेको न्यु ज्वाला क्लव दैलेखका अध्यक्ष विशाल सुनारले वताए ।
यस दिन घरको ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाडिन्छ । ‘भूत पन्छाउन घरबाहिर खाना, जाँड, मासु, छ्यापी चढाउने गरिन्छ, उनले भने । विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न फलामको औंठी लाउने चलन पनि छ । यी औंठीलाई गठा मंगलमा छुवाएर लाउनुपर्ने हुन्छ । विषेश गरी नेवार समुदायले मात्र मनाउँदै आएको यो गठेमंगल पर्व अहिले दैलेखमा सवैको साझा पर्वको रुपमा मनाउने गरिन्छ । दैलेखमा सवै भन्दा लामो समय सम्म लाग्ने वर्षेमेला यसै गठेमंगलको दिन देखी सुरु भई कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिन्छ ।
आज कै दिन देखी लाखे निकाल्ने गरिएपनि यस वर्ष विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण आज (आइतवार) वाट औपचारीक रुपमा सुरु भएपनि जनै पुर्णिमा दिन देखी विषेश मेला लाग्ने न्यु ज्वाला क्लवका अध्यक्ष विशाल सुनारले वताए । उनका अनुसार आज औपचारीक रुपमा दैलेखको भगवति क्लव र ज्वाला क्लवले पुरानो वजार तथा सुनगाभा क्लव र एभरेष्ट क्लवले नयाँ वजारमा लाखे निकाल्ने छ । कोरोना माहामारी मत्थर हुँदै गए निरन्तर जात्रा निकालिने सुनारले वताए ।

तस्विर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *