बिपीको सम्झनामा वृक्षारोपण

मातृभूमी संवाददाता । ०६ श्रावण दैलेख
३८ औँ बिपी स्मृति दिवसमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस दैलेखले बिपी स्मृति दिवसमा वृक्षारोपण गरेको हो । नेपाली कांग्रेस नारायण नगर कार्य समितिको आयोजनामा वडा नं. ६ को शिवालयमा, नेविसंघ दैलेखको आयोजनामा वेलासपुर मन्दिरमा, महावु, भगवतिमाई गाउँपालिका लगाएत जिल्लाका विभिन्न स्थानीय तहहरुमा वृक्षारोपण गरीएको प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिए । नेपाली कांग्रेस दैलेखले जिल्ला सवै स्थानीय तहहरुमा वृक्षारोपण गरी विपी स्मृति दिवस मनाउने निर्णय गरेको थियो ।
बिपी कोइरालाको जन्म वि सं १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित छन् । क्यान्सर रोगबाट थला परेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल परेका थिए । कोइरालाको नेतृत्वमा जहानियाँ राणा शासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो ।
बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गरेका थिए । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्र्तराष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत परिचित छन् ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए । उनि २०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहे । त्यसपछि भारत प्रवासमा रहेका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।
उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उनले नेपाली साहित्यमा पु¥याएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!