४२ औं पुष्पलाल स्मृति दिवस मनाइँदै

मातृभूमी संवाददाता । ०७ श्रावण काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज (बुधबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको पुष्पलाल स्मृति प्रतिष्ठानले यो वर्ष भने कोभिड–१९ का कारणले ठूलो औपचारिक कार्यक्रम राखेको छैन । तर पनि प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम गर्दैछ ।
नेपालमा कम्युनिस्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्ली स्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे ।
पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ हुन् । पुष्पलालको नेतृत्वमा नेपालमा पहिलो पटक विसं २००६ साल वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा जुट्दै र फुट्दै आजको नेकपासम्म आईपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *