सारी लगाएका दुर्गेश विवादमा : गीतमार्फत चोटिलो ब्यांग्यले चर्चामा

मातृभूमी संवाददाता । ०७ साउन काठमाण्डौ
गीतमा प्रयोग भएका शब्द मार्फत बेलाबेलामा विवादमा तानिदै आएका गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा–३ बेसार’ चर्चा कमाउन थालेको छ । देशको समसामयिक घट्नामा लक्षित गरी तयार पारिएको नयाँ गीतमा ब्यांग्य र सन्देश दुवै मिश्रित भएपनि पहिरनका कारण केही आलोचना भएको छ । म्युजिक भिडियोअघि प्रमोसनका लागि सारी लगाएको अवस्थामा देखिएका दुर्गेश यसैका कारण विवादमा परेका थिए ।
भिडियोमा भने फरक ढंगले जमेका उनलालाई धेरैले प्रशंसा नै गरेका छन् । सारी लगाएको दृश्यले धेरैको ध्यान खिचेको छ । भिडियोको केही अंशमा सारी लगाएको अवस्थामा देखिएका दुर्गेश निकै सानदार देखिएका छन् । देशमा भएका राजनीतिदेखि सामाजिक र जातीय विकृति एवं विसंगति विरुद्ध चोटिलो प्रहार गरिएको छ ।
विश्वले पत्ता लगाउन नसकेको कोरोनाको उपचारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले हल्का रूपमा लिँदै व्यक्त गरेको भनाइमाथि गीतमा उडाइएको छ । गीत मार्मिकसँगै चोटिलो छ । किनकी मुलुकमा भएका समसामयिक घटना–परिघटनालाई विषय बनाएर ब्यांग्य गरिएको छ ।
वसन्त थापाको संगीत र गीत रचना रहेको गीतमा कोरोना रिपोर्टलाई पनि ब्यांग्य गरिएको छ । बिरामीको मृत्युपछि मात्र कोरोना पुष्टि भएको रिपोर्ट आउने गरेको सन्दर्भमा गीत तयार भएको छ । कृष्ण बिके ‘भान्जा’ र गीतार सञ्जीव बराइलीको एरेन्ज रहेको भिडियोमा कोरियोग्राफी र निर्देशन काजिश श्रेष्ठले गरेका छन् । छायांकन अर्जुन तिवारी र सम्पादन मिलन विश्वकर्माको रहेको छ । भिडियोमा दुर्गेशका साथमा चिरञ्जीवी सापकोटा, काजिश श्रेष्ठ, जीवन सहानी क्षत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *