नेपालमा भदौंबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुने

मातृभूमी संवाददाता । ०७ साउन काठमाण्डौ
कोरोना भाईरसको महामारीले लामो समयदेखि रोकिएको नेपाली खेलकुद क्षेत्रले भदौं १ देखि गति लिने भएको छ । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै भदौंबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौं १ बाट अन्र्तराष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलवार पत्रकार सम्मेलनमा बोल्दै भदौं १ बाट अन्र्तराष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताएका हुन् । तर, पौडी पोखरी, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भने अर्काे सूचना नआएसम्मको लागि बन्द रहनेछ । सरकारको निर्णयसँगै विश्वकप छनोट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।
छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग आफ्नै मैदानमा खेल्न बाँकी छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्र्तगत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ । सरकारले कोरोना संक्रमणको जोखिम घटाउन गत चैत ११ गतेदेखि लकडाउन लागु गरेपछि देशभरको खेलकुद ठप्प छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *