बोनम्यारो पीडित शिखालाई तेस्रोआँखाको सहयोग

मातृभूमी संवाददाता । ०७ साउन दैलेख
दैलेखको नारायण नगरपालिकाकी बोनम्यारो पीडित शिखा कोईरालाको उपचारार्थ हाम्रो तेस्रोआँखा दैनिकले आर्थिक सहयोग गरेको छ । सिभिल हस्पिटल काठमाण्डौमा उपचार गराईरहेकी शिखाको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले दैलेख जिल्लावाट प्रकाशन हुँदै आएको हाम्रो तेस्रोआँखा दैनिक पत्रिकाले सहयोग गरेको हो ।
हाम्रो तेस्रोआँखा दैनिकको तर्फवाट ३ हजार १ सय १ रुपैयाँ शिखाको एनएमवि वैंकमा रहेको खाता नम्बर ००१०१२१५६४८०००१७ मा सहयोग रकम जम्मा गरिएको पत्रिकाका प्रकाशक मनोज थापाले जानकारी दिए ।
बिगत केही समय यता लड्दै आएकी शिखाको बोनम्यारो ट्रासपलान्ट सफल भयको छ । शिखाकी वहिनी कल्पना कोईरालाले बोनम्यारो डोनेसन गरेकी हुन् । दुवै दिदि बहिनी शिखा र कल्पनाको स्वास्थ्य स्थिती सामान्य रहेको परिवार स्रोतले जनाएको छ ।
बोनम्यारो पिडित शिखाको उपचारका लागी दैलेख जिल्लाका विभिन्न संघ, संगठन, दैलेख जिल्ला घर भई हाल विभिन्न जिल्ला र देश वाहिर वस्दै आएका दैलेखी मनहरुले सहयोग रकम प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!