भगवतीमाईको कुर्मि र ख्वप खोलामा पक्कि पुल वन्दै
मातृभूमी संवाददाता । ०७ साउन दैलेख
मध्यपहाडी राजमार्गको दैलेख खण्ड अन्र्तगत कुर्मि र ख्वप खोलामा पक्कि पुल निर्माणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको दैलेख खण्डमा पर्ने भगवतीमाई गाउँपालिकाको कुर्मि र ख्वप खोलामा पक्कि पुल निर्माणको सुरु गरिएको हो । मंगलवार पुल निर्माणका लागी शिलान्यास गरिएको हो । भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानवहादुर थापाको प्रमुख आथित्यमा आर.बि. कन्स्ट्रक्सनका संस्थापक दिल वहादुर थापाले शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा गजुरमुखी र केएस कन्स्ट्रक्सनका प्रतिनिधी लगाएत स्थानीयको उपस्थीति रहेको थियो ।
कुर्मि खोला र ख्वप खोलामा वन्न लागेका पुलको काम २७ महिना सक्ने गरी सपना आर. बि. जेभिले जिम्मा लिएको छ । कुर्मि खोलामा वन्न लागेको पुलको लम्वाई १५ मिटर ख्वप खोलामा वन्न लागेको पुलको लम्वाई २५ मिटर रहेको आर.बि. कन्स्ट्रक्सनका रविन्सन (रुपक) थापाले जानकारी दिए ।
उनले भने, ‘दुवै पुल २७ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । समयले साथ दियो भने त्यस अगावै दुवै पुल निर्माणको काम सम्पन्न गर्नेछौँ । अहिले पुल निर्माणको काम धमाधम संचालन भैरहेको छ ।’ झण्डै ९ करोड वढिको लागतमा निर्माण हुन लागेका यि पुल निर्माण पश्चात मध्यपहाडी राजमार्गमा यात्रा गर्न अझै सहज हुनेछ । अहिले मध्यपहाडी राजमार्ग अन्र्तगत दैलेख खण्डको केहि क्षेत्रमा पिच भैसकेको छ भने केहि क्षेत्रमा पिचको काम धमाधम चलिरहेको छ ।
भगवतीमाई गाउँपालिकाको कुर्मि र ख्वप खोलामा पक्कि पुल वन्ने भएपछि स्थानीय खुसी भएका छन् ।