समचार प्रभावः समचार प्रकाशनपछि धारामा पानी आउन थाल्यो
मातृभूमी संवाददाता । ०९ साउन दैलेख
समचार प्रकाशन भएपछि धारामा पानी आउन थालेको छ । हाम्रो तेस्रोआँखा दैनिक र मातृभूमी अनलाईनमा समचार प्रकाशन भएपछि दैलेखको देवकोटा चोकमा रहेको युरोगार्ड सहितको धारामा पानी आउन थालेको हो । धारामा पानी आउन थालेपछि स्थानीय खुसी भएका छन् । केहि दिन अघि ‘प्रयोग विहिन वन्दै नगरक्षेत्रका युरोगार्ड’ शिर्षकको समचार प्रकाशन भएपछि विहिवार देखी धारामा पानी आउन थालेको स्थानीय व्यापारी उत्तम शाहीले वताए ।
नारायण नगरपालिका र विभिन्न निकायले लाखौँ खर्च गरेर निर्माण गरेका युरोगार्ड सहितका धारामा पानी आउन छोडेको समचारलाई हाम्रो तेस्रोआँखाले निकै प्राथमिकताका साथ प्रकाशन गरेको थियो । समचार प्रकाशन भएको दुई दिनमै धारामा पानी आउन थालेको हो ।
समचारमा पछिल्लो समय युरोगार्ड सहितको शुद्ध पिउने पानी धारो प्रयोग विहिन भएको, पानी आउन छोेडेपछि खिया लागेको, पानी पिउने गिलासमा कमिला हिड्ने गरेको नारायण नगरपालिका वडा नं. १ ले पानीको व्यवस्था गरेपनि व्यवस्थापन गर्न नसकेको लगाएतका विषयलाई निकै महत्वका साथ उठाईएको थियो ।
लकडाउन सुरु भएसँगै पानी आउन छोडेको धारामा अहिले पानी आउन थालेपछि वाटो हिड्ने वटुवा, स्थानीय जो कोहिले पनि प्रयोग गर्न थालेका छन् । धाराको मर्मत संभार र हेरचाह राम्रोसँग हुन सके नागरिकले शुद्ध पिउने पानीको पहँुचवाट टाढा हुन नपर्ने वटुवाहरु वताउँछन् । सस्तो लोकप्रियताको लागी भन्दा पनि दिर्घकालिन रुपमा सोचेर कुनै पनि पुर्वाधारको निर्माण गर्नुपर्ने नाम नछाप्ने शर्तमा एक व्यपारीले भने ।
यस्तै हाईस्कुलको हाताभित्र राखेको युरोगार्ड सहितको शुद्ध पिउने पानी धारामा पानी आउने गरेको या नगरेको र आम सर्वसाधारणले प्रयोग गर्न पाएको या नपाएको विषयमा भने हाम्रो खोजको विषय वनेको छ ।