समयमै अपडेट हुँदैनन् स्थानीय तहका वेवसाईट, वेकामे आइटी अफिसर
मातृभूमी संवाददाता । ०९ साउन दैलेख
दैलेखका विभिन्न स्थानीय तहले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को निति तथा कार्यक्रम र वजेटको विवरण अझै पनि आफ्नो वेवसाईटमा राखेका छैनन् । स्थानीय तहले गएको असार १० गते सार्वजनिक गरेको निति तथा कार्यक्रम र वजेटको विवरण अझै पनि वेवसाईटमा नराखेको पाईएको हो । केहि नगरपालिका तथा गाउँपालिका वाहेकका स्थानीय तहले अझैपनि वेवसाईटमा निति तथा कार्यक्रम र वजेटको विवरण नराख्दा तिनका आईटी अफिसर कर्मचारीमाथी नै प्रश्न उठ्न थालेको छ ।
अहिले सम्म आफ्नो वेवसाईटमा निति तथा कार्यक्रम र वजेटको विवरण नराख्ने स्थानीय तहहरुमध्ये दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, गुराँस गाउँपालिका र ठाँटिकाँध गाउँपालिका रहेका छन् । यस्तै अहिले सम्म नारायण नगरपालिका, नौमूले गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाइ गाउँपालिका र आठविस नगरपालिका मात्र आफ्नो वेवसाईटमा आ.व. २०७७/०७८ को निति तथा कार्यक्रम र वजेट राखेका छन् ।
यसरी गाउँपालिका तथा नगरपालिकाले तलव खुवाएर पालेका आईटि अफिसरहरुले समयमै गाउँपालिका तथा नगरपालिकाको वेवसाईट अपडेट नगर्दा स्थानीय तहहरुप्रति नै प्रश्न उठ्न थालेको छ । आठविस नगरपालिकाका एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘नगरपालिकाले आईटीलाई पालेर राखेको छ तर समयमै वेवसाईट अपडेट नगर्नु स्थानीय तहकाे लापरवाही हो ।’
स्थानीय तहहरूले राखेका आइटी अफिसरकाे काम भनेकाे खास गरी सफ्टवेरमा काम गर्नु हाे । तर यी आइटीले अहिले स्थानीय तहमा कहिले फाेटाेकपी गर्ने, कहिले चिट्ठि लेख्ने लगाएतका काम गर्ने गरेका छन् । गुराँस गाउँपालिकाका एक स्थानीयले भने फाेटाेकपी गर्नलाइ त कार्यालय सहयाेगी छन् अनि चिट्ठि लेख्नलाइ कम्प्युटर अपरेटर छन् । तर काम चाही आइटीलाइ लगाइन्छ । गाउँपालिकाका एक कर्मचारीले नछाप्ने सर्तमा भने, ‘आफ्ना आफन्त र नातागाेता पर्नेलाइ जागिर खुवाउन कै लागी कम्प्युटर अपरेटर लगाएतका विभिन्न पदमा जागिर दिएकाे जस्ताे देखिन्छ । आइटीलाइ लगाउनु पर्ने खास काममा नलगाएर अन्य काम गर्न लगाइन्छ अनि कसरी समयमै अपडेट हुन्छ स्थानीय तहकाे वेवसाइट ?’
महावु गाउँपालिकाको आ.ब.२०७७/०७८ को नीति तथा कार्यक्रमको फोटाहरु सहित निती तथा कार्यक्रम वेबसाईट मा राखिएको छ हेर्न मिस्टेक भएर होकि कसरी आयो यो समाचार मा
सूचना तथा जानकारी भन्ने शिर्षकमा हेरेकाे कतै भेटिएन त म्याडम ।
काेराेना भाइरसकाे असार १० गतेकाे अपडेट पछि स्थानीयतहका जनप्रतिनिधि तथा सदस्यहरूले पाउने सेवा सुविधा राजपत्रमा उल्लेखित, आ.व.२०७६।०७७ को सम्पति विवरण बुझाउने सम्बन्धी सूचना, २०७६ को कार्यसम्पादन मूल्यांकन भर्न छुट भएका शिक्षकहरूको लागि कार्य सम्पादन मूल्यांकन भर्ने सम्बन्धी सूचना अपडेट अरू केहि देखीदैन त म्याडम राम्राे सँग हेरेर नै समाचार लेखेकाे हाे ।
सूचना मा छैन त्यो जानकारीको बजेट तथा कार्यक्रम भन्ने मा छ हेर्नु न ।
सवैले सजिलै देखिने गरी पाे राख्नु पर्ने हाेला हैन र ?