समयमै अपडेट हुँदैनन् स्थानीय तहका वेवसाईट, वेकामे आइटी अफिसर

मातृभूमी संवाददाता । ०९ साउन दैलेख
दैलेखका विभिन्न स्थानीय तहले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को निति तथा कार्यक्रम र वजेटको विवरण अझै पनि आफ्नो वेवसाईटमा राखेका छैनन् । स्थानीय तहले गएको असार १० गते सार्वजनिक गरेको निति तथा कार्यक्रम र वजेटको विवरण अझै पनि वेवसाईटमा नराखेको पाईएको हो । केहि नगरपालिका तथा गाउँपालिका वाहेकका स्थानीय तहले अझैपनि वेवसाईटमा निति तथा कार्यक्रम र वजेटको विवरण नराख्दा तिनका आईटी अफिसर कर्मचारीमाथी नै प्रश्न उठ्न थालेको छ ।
अहिले सम्म आफ्नो वेवसाईटमा निति तथा कार्यक्रम र वजेटको विवरण नराख्ने स्थानीय तहहरुमध्ये दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, गुराँस गाउँपालिका र ठाँटिकाँध गाउँपालिका रहेका छन् । यस्तै अहिले सम्म नारायण नगरपालिका, नौमूले गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाइ गाउँपालिका र आठविस नगरपालिका मात्र आफ्नो वेवसाईटमा आ.व. २०७७/०७८ को निति तथा कार्यक्रम र वजेट राखेका छन् ।
यसरी गाउँपालिका तथा नगरपालिकाले तलव खुवाएर पालेका आईटि अफिसरहरुले समयमै गाउँपालिका तथा नगरपालिकाको वेवसाईट अपडेट नगर्दा स्थानीय तहहरुप्रति नै प्रश्न उठ्न थालेको छ । आठविस नगरपालिकाका एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘नगरपालिकाले आईटीलाई पालेर राखेको छ तर समयमै वेवसाईट अपडेट नगर्नु स्थानीय तहकाे लापरवाही हो ।’

स्थानीय तहहरूले राखेका आइटी अफिसरकाे काम भनेकाे खास गरी सफ्टवेरमा काम गर्नु हाे । तर यी आइटीले अहिले स्थानीय तहमा कहिले फाेटाेकपी गर्ने, कहिले चिट्ठि लेख्ने लगाएतका काम गर्ने गरेका छन् । गुराँस गाउँपालिकाका एक स्थानीयले भने फाेटाेकपी गर्नलाइ त कार्यालय सहयाेगी छन् अनि चिट्ठि लेख्नलाइ कम्प्युटर अपरेटर छन् । तर काम चाही आइटीलाइ लगाइन्छ । गाउँपालिकाका एक कर्मचारीले नछाप्ने सर्तमा भने, ‘आफ्ना आफन्त र नातागाेता पर्नेलाइ जागिर खुवाउन कै लागी कम्प्युटर अपरेटर लगाएतका विभिन्न पदमा जागिर दिएकाे जस्ताे देखिन्छ । आइटीलाइ लगाउनु पर्ने खास काममा नलगाएर अन्य काम गर्न लगाइन्छ अनि कसरी समयमै अपडेट हुन्छ स्थानीय तहकाे वेवसाइट ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *