पिडितको निवेदन लिन मानेन ईप्रका नौमूलेले, स्थानीय युवाकाे कुटिपटवाट सापकाेटा गम्भिर घाइते
मातृभूमी संवाददाता । १२ साउन दैलेख
ईलाका प्रहरी कार्यालय नौमूलेले सेवाग्राहीले दिएको निवेदन नवुझेको र दर्ता गर्न नमानेको पाईएको छ । शुक्रवार राति नौमूले गाउँपालिका ६ (साविक सल्लेरी गाविस ४) मा भएको कुटपिटको घटनाको निवेदन दिन जाँदा ईलाका प्रहरीले निवेदन नलिएको र दर्ता गर्न नमानेको पिडितका वुवा गजाधर सापकोटाले वताए । सल्लेरीमा शुक्रवार राति स्थानीय युवाहरु धनवहादुर विक, तुलवहादुर विक, यामवहादुर विकले मदिरा सेवन गरेर हिमाल सापकोटा माथि सांघातिक आक्रमण गरी गम्भिर घाईते वनाएका थिए । सापकोटालाई युवाहरुले कुटपिट गरेर वेहोस वनाएर म¥यो भनेर फालेको पिडितका वुवा गजाधरले वताए । उनले भने, ‘हिमाललाई वेहोस अवस्थामा उद्धार गरेका थियौँ । उसको होस् अहिले सम्म पनि आएको छैन ।’
कुटपिटको विषयलाई लिएर पिडितका वुवा गजाधर सापकोटाले शनिवार दिउँसो ईलाका प्रहरी कार्यालयमा निवेदन दिन जाँदा निवेदन नवुझेको र दर्ता गर्न पनि नमानेको गुनासो गरे । उनले भने, ‘शनिवार दिउँसो निवेदन दिन गएँ । ईप्रकाले निवेदन लिन पनि मानेन र दर्ता गर्न पनि मानेन । आज सोमवार भैसक्यो । तै पनि ईप्रकाले प्रहरी पठाएर पिडकलाई समात्ने कुनै योजना वनाएको छैन । हामी अन्यन्तै दुखी छौँ ।’
घाईते हिमालको टाउँको, नाक लगाएत शरीरमा गम्भिर चोट लागेको छ । उनको अहिले मायाँ नर्सिङ होम सुर्खेतमा उपचार भैरहेको छ । हिमालको टाउँको र नाकमा लागेको चोटको अपरेसन गर्नु पर्छ भनेर डा.ले वताएको अंकल रोशन सापकोटाले वताए ।
यस विषयमा ईलाका प्रहरी कार्यालका सई शेरवहादुर थापासँग वुझ्दा आफुले निवेदन राखेको वताए । उनले भने, ‘हामीले निवेदन राखेका छौँ । छलफलका लागी कुटपिट गर्ने स्थानीय युवाहरुलाई वोलाएका छौँ । कुटपिट गर्ने युवाहरुलाई स्थानीय युवा लालवहादुर चन्दले ल्याउँदै हुनुहुन्छ । हामीले प्रहरी पठाएका छैनौँ । उनीहरुलाई वोलाएर छलफल गर्छौ ।’
यता पिडित हिमालका परिवारले घटनालाई कांग्रेसले राजनितिक रुप दिन खोजेको वताएका छन् । उनीहरूले भने, ‘यदि राजनितिक रुप दिन खोजिदैन थियो भने कुटपिट गर्ने युवाहरुलाई शनिवार नै किन प्रहरीले पक्राउ गरेन । किन कांग्रेसका नेता लालवहादुर चन्दलाई उनीहरुलाई प्रहरी समक्ष ल्याउने जिम्मा ईप्रकाले दियो ।’