समाचार प्रभाव: भैरवी, गुराँस र डुङ्गेश्वरका उपाध्यक्षले फिर्ता गरे नियम विपरीतको भत्ता

मातृभूमी संवाददाता । १२ साउन दैलेख
दैलेखका विभिन्न तिन स्थानीय तहका उपाध्यक्षहरुले नियम विपरीत लिएको भत्ता गाउँपालिकामा फिर्ता गरेका छन् । नीति तथा कार्यक्रम र बजेट भाषण प्रस्तुत गरेवापत उपाध्यक्षहरुले नियम विपरीत लिएको भत्ता माृतभूमी अनलाईनमा समाचार प्रकाशन पछि फिर्ता गरेका हुन् । माृतभूमी अनलाईनले ‘स्थानीय तहका उपाध्यक्षले लिए नियम विपरीत भत्ता’ शिर्षकको समाचार केहिदिन अघि प्रकाशित गरेको थियो ।
महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ वार्षिक प्रतिवेदनमा दैलेखको भैरवी, गुराँस र डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्षले निति तथा कार्यक्रम र वजेट प्रस्तुत गरेवापत २५ हजार देखी १ लाख सम्म भत्ता वुझेको उल्लेख गरिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गरेवापत दैलेखको भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी विष्टले १ लाख, गुराँस गाउँपालिकाकी उपाध्यक्ष दिपा विसीले ५० हजार, र डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्ष सिता ज्ञवालीले २५ हजार रुपैयाँ वुझेको भनि समाचार प्रकाशित भएको थियो । उनीहरुले उक्त रकममा १५ प्रतिशत कर कटाएर वुझेका थिए ।
कर्णाली प्रदेशले नीतिगतरुपमा वजेट भाषण र निति तथा कार्यक्रम पेश गरेवापतको रकम वा भत्ता दिने भन्ने कतै व्यवस्था गरेको छैन् । महालेखाको प्रतिवेदनमा कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐन, २०७५ ले स्थानीय तहको पदाधिकारीलाई वजेट भाषण वापत भत्ता दिन पाउने व्यवस्था गरेको छैन । तर गाउँपालिकाको आ.व. २०७५÷०७६ को वजेट पेश गरेवापत गाउँपालिका उपाध्यक्षलाई वजेट भाषण भत्ता भुक्तानी गरेकोले ऐनको व्यवस्था विपरीत भएकाले उक्त भुक्तानी रकम असुल गरी दाखिला गर्न भनिएको छ ।
भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी विष्ट, गुराँस गाउँपालिकाकी उपाध्यक्ष दिपा विसी र डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्ष सिता ज्ञवालीले आफुले वुझेको भत्ता गाउँपालिकाको लेखा शाखामा वुझाई सकेको जानकारी दिएकी छिन् । माृतभूमी अनलाईनले यस विषयमा गाउँपालिकामा वुझ्दा उपाध्यक्षहरुले लेखा शाखामा भत्ता वापत वुझेको रकम फिर्ता गरिसकेको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक कार्कीले जानकारी दिए ।
माृतभूमी अनलाईनले नियम विपरीत उपाध्यक्षहरुले भत्ता वुझेको समाचार प्राथमिकताका साथ प्रकाशन गरेपछि उपाध्यक्षहरुले वुझेको भत्ताको विषयमा जिल्लाभरी चर्चा भएको थियो । जिल्लाका विभिन्न व्यक्तिहरुले चोक, चौतारो लगाएत चिया पसलमा उपाध्यक्षको पक्ष विपक्षमा वहस समेत गर्न थालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *