नगरपालिकाको स्पष्टोक्ती : सेनिटरी प्याड खरीदमा सहजीकरण गरेका हौं

मातृभूमी संवाददाता । १२ साउन दैलेख
सामुदायिक विद्यालयका छात्राका लागि खरीद गरिएको सेनिटरी प्याडका लागि सहजीकरण मात्र गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ । नगरभित्रका १७ वटा सामुदायिक विधालयका लागि उपलव्ध गराउनु पर्ने सेनिटरी प्याड विद्यालयकै सहमतीमा सहजीकरण गरिएको एक कार्यक्रमविच स्पष्टोक्ती दिईएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि उपलब्ध गराउने सेनेटरी प्याड खरिदमा विवाद उत्पन्न भएपछि सोमवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहजीकरण गर्न खोजीएको कुरालाई फरक अर्थ लगाउन खोजीएको भन्दै नगरपालिकाले आपत्ती जनाएको छ । कार्यक्रममा नारायण नगरपालिका, शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयका छात्राहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन नारायण नगरपालिका दैलेखमा २१ लाख ७९ हजार रकम पठाएको र लकडाउनका कारण समयमै टेन्डर हुन नसक्दा आएको बजेट फ्रिज जाने भएपछि ति सामुदायिक विधालयको वैंक खातामै रकम जम्मा गरेको जानकारी दिए । उनका अनुसार सो रकम नारायण नगरपालिका दैलेखका उप प्रमुख सावित्री मल्लको संयोजकत्वमा रहेको नौ सदस्यीय समितिले विद्यालयको खातामा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
सेनिटरी प्याड खरीदका लागि विद्यालयको खातामा रकम गएपछि ति विद्यालयका प्रधानाध्यापकहरुले नै सहजीकरण गरिदिन भनेपछि सहजीकरण गर्दा अहिले नगरपालिका नै दोषी देखिनुपर्ने अवस्था आएको शिक्षा शाखा प्रमुख शाहले दुखेसो गरेका छन् । शाहले प्रत्येक विद्यालयमा उपलव्ध गराउने सेनिटरी प्याडमा एकरूपता ल्याउन आफूले सहजीकरण गरेको बताएका छन् । विद्यालयमा अध्ययन गर्ने छात्राहरूको अनुपातमा विद्यालयको खातामा रकम जम्मा गरिएको र खरिद गरेको पैसा विद्यालयले सिधै सप्लाई कम्पनीलाई दिने भएकाले त्यसमा नारायण नगरपालिका दैलेखको कुनै संलग्नता नरहेको उनको स्पष्टोक्ति रहेको छ ।
विद्यालयको खातामा गएको रकम सम्बन्धित विद्यालयले किन्नु पर्नेमा नारायण नगरपालिका दैलेखले कमिसनको लोभमा सेनेटरी प्याड खरिद गर्न खोजेको भन्दै आएको समाचार सत्य नभएको प्रमाणित गर्न सेनेटरी प्याड खरिदमा अनियमितता नभएको कुरा साउन ११ गतेको प्रधानाध्यापकसँगको वैठकको निर्णय समेत नगरपालिकाले उपलव्ध गराएको छ ।
सामुदायिक विधालयका प्रधानाध्यापक सहित गरीएको वैठकको निर्णय अनुसार नगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरूको अनुपातमा सेनिटरी प्याड खरीदमा आएको बजेटको लकडाउनका कारण टेन्डर आह्वान गर्न नसक्ने अवस्थाका कारण नारायण नगरपालिका दैलेख शिक्षा तथा युवा खेलकुद शाखालाई सेनेटरी प्याड खरिदको सहजीकरण गर्न दिएको वुझिएको छ ।


खरिदबारे छानविन गर्न माग
नारायण नगरपालिका शिक्षा शाखा मार्फत खरिद गरिएको सेनेटरी प्याडबारे संचार माध्यममा आएपनि नेपाल शिक्षक संघ नगर कार्य समिति नारायण नगरपालिकाले माग गरेको छ । नारायण नगरपालिकाभित्र रहेका १७ विद्यालयका लागि ल्याईएको सेनेटरी प्याड खरिदमा कमिशन भन्ने समाचार आएसंगै शिक्षक संघले छानविन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा सेनेटरी प्याड खरिद कस्ले गर्ने ? खरिदमा भएको अनियमितताबारे छानविन गरि सहयोग गरिदिन भन्दै नेपाल शिक्षक संघले निवेदन दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *