चुहिन थाल्यो आईसोलेसन अस्पताल, हुन थाल्यो संक्रमितको वेहाल

मातृभूमी संवाददाता । १३ साउन दैलेख
महिनादिन नपुग्दै सदरमुकाममा रहेको आईसोलेसन अस्पताल भवन चुहिन थालेको छ । निर्माण सम्पन्न भएको एक महिना नपुग्दै अस्पताल भवन चुहिन थालेपछि त्यहाँ उपचाररत कोरोना संक्रमितलाई समस्या भएको छ । लगातारको वर्षातपछि भर्खर निर्माण सम्पन्न सो भवन चुहिन थालेपछि आईसोलेसनमा रहेका विरामीहरु रातभर जाग्राम वस्नु परेको छ । सो आईसोलेसन अस्पतालमा वसीरहेका एक विरामीले भने, ‘रातभरी पानी चुहिएर वेहाल भयो, ओछ्यान सार्दा सार्दै रात वित्यो ।
उनले पानी चुहिएपछि रातभरी सुत्न नपाउदा सो वारेमा कुरा गर्दा नि सुनुवाई नभएको गुनासो गरे । पाईएन । उनका अनुसार निरन्तर वर्षातले छत र भित्तावाट पानी चुहिएर ओछ्यान नै भिजेपछि सुत्नै समस्या भएको छ । सो भवन सम्पन्न भई गत असार ३१ गतेदेखि मात्र संक्रमितलाई सारीएको थियो । कर्णाली प्रदेश सरकारको ७१ लाख रकमको लागतमा निर्माण भएको सो नयाँ भवन केहि दिनमै चुहिन थालेपछि निर्माण गुणस्तरमा आशंका हुन थालेको छ । निर्माण कम्पनीका संचालक प्रकाश वुढाले चुहिन थालेको भन्ने आफुलाई खवर आएको र तत्काल मर्मत गरिने वताएका छन् ।
भर्खर निर्माण सम्पन्न भई संचालनमा आएको आईसोलेसन अस्पताल भवन केहिदिन मै चुहिन थालेपछि स्थानिय प्रशासनको पनि ध्यानाकर्षण भएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भवन निर्माण कम्पनीसँग अस्पताल भवनमा आएको समस्यावारे वुझेर तत्काल मर्मतका लागि निर्देशन गर्ने वताए । उनले निर्माण कम्पनीले अस्पताल क्षेत्रभित्र २ वटा शौचालय निर्माण गर्न लगाउने पनि जानकारी दिए ।
यस्तै सो आईसोलेसन अस्पतालमा उपलव्ध खाना पनि गुणस्तरयुक्त नरहेको त्यहाँ रहेका संक्रमितहरुले गुनासो गरेका छन् । उनीहरुले दैनिक दिने गरेको दाल, भात र तरकारी गुणस्तरयुक्त नभएको गुनासो गर्दा पनि वेवास्ता गरिएको वताएका छन् । संक्रमितलाई सरकारी मापदण्ड अनुसारको खाना र वसाई नहुदा झन् रोगी हुने उनीहरुको दुखेसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *