पिडकलाई खोज्दैन प्रहरी, सुनुवाई हुदैन पिडितको उजुरी

मातृभूमी संवाददाता । १४ साउन दैलेख
गत शुक्रवार नौमूले गाउँपालिका–६ सल्लेरीमा त्यहाका केही यूवाहरुले सोही ठाउँकै एक यूवक हिमाल सापकोटालाई राती १२ वजे मरणासन्न हुनेगरी कुटपिट गरे । सोही राती ३ वजे पिडित परिवार इलाका प्रहरी कार्यालय नौमु्लेमा न्यायका लागि उजुरी लिएर पुगे । तर प्रहरीले अहिले औषधी गर्नुस् भोली छलफल गरौला भन्दै फिर्ता पठाईदियो । कृटपिटमा संलग्न व्यक्तिहरु भाग्ने डरले राती नै पुगेर उजुरी दिई तत्काल पक्राउ गर्नुसकिने आशामा प्रहरीसम्म पुगेका उनीहरु रित्तो हात फर्किनु प¥यो । ं‘घटनाका दोषी घरमै ढुक्कसँग वसिरहेका वेला पक्राउ गर्न सजिलो हुनेथियो, पिडीतका वुवा गजाधर सापकोटाले भने, उजुरी पनि लिन मानेन, भोली आउनुस छलफल गरौैला भनेर फिर्ता पठाईदियो ।’ लिखित उजुरी लिएर जाँदासमेत प्रहरीले दोषीलाई खोज्नुको सट्टा फिर्ता पठाईदिनुले न्याय मरेको अनुभुती भएको उनले गुनासो गरे । उनी भन्छन् ‘यसरी नौमूले प्रहरीको कार्यशैलीले पिडितले न्याय पाउने ठाउँमा निराश वनेर फर्किनुले धेरै दुखित वनायो ।’
सल्लेरीमा शुक्रवार राति स्थानीय युवाहरु धनवहादुर विक, तुलवहादुर विक, यामवहादुर विकले मदिरा सेवन गरेर हिमाल सापकोटा माथि सांघातिक आक्रमण गरेपछि हिमाल गम्भिर घाईते भएका थिए । कुटपिटका कारण वेहोस भएपछि म¥यो भनेर फालेको पिडितका आफन्तले वताए । हिमाललाई वेहोस अवस्थामा उद्धार गरेको र अहिलेसम्म होश नआएको वुझिएको छ ।
कुटपिट भएको भोलीपल्ट शनिवार दिउसो पिडितका वुवा गजाधर फेरि ईलाका प्रहरी कार्यालयमा लिखित उजुरी लिएर गए । त्यतिवेला पनि प्रहरीले उजुरी वुझ्न मानेन । गजाधरले भने, ‘शनिवार दिउँसो उजुरी लिएर फेरि प्रहरीमा जाँदा दर्ता नै गर्न पनि मानेनन् अनि न्याय भन्दा उपचार उचित लागेर घाईते छोरालाई लिएर सुर्खेततिर हिडें ।’ हिमालको टाउँको, नाक लगाएत शरीरमा गम्भिर चोट लागेको र उनको अहिले मायाँ नर्सिङ होम सुर्खेतमा उपचार भैरहेको वुवा गजाधरले वताए ।
गजाधर मात्र होईन, न्यायका लागि नौमुले प्रहरीमा पुग्ने जोकोही पिडितहरु अन्ततः प्रहरीको सुनुवाई नहुदा यसरी नै रित्तो हात फर्किनुुपर्ने वाध्यता छ । सामान्य तया प्रहरीमा न्यायका लागि जाने जोकोहीको उजुरी सुनुवाई हुने र दोषी व्यक्तिहरुको खोजीका लागि तत्काल प्रहरी सक्रिय हुने भएपनि नौमुले प्रहरीको कार्यशैली फरक रहेको स्थानियको गुनासो छ । कानुनवमोजिम दोषीलाई कारवाही र पिडितलाई न्याय प्रहरीले पक्कै दिन्छ भन्ने जनविश्वासप्रति नौमुले प्रहरीले आशंका सृजना गरेको उनीहरु वताउछन् । इलाका प्रहरी कार्यालय नौमूलेमा पिडितले न्याय माग्दै उजुरी लिएर गए भने त्यहाका ईन्चार्ज प्रहरी नायव निरीक्षक शेरवहादुर थापाले पिडितको कुरा सुन्नु भन्दा दोषी आएपछि छलफल गराउँछु भन्ने तर दोषीलाई खोज्न प्रहरी नखटाउने गर्दा पिडितहरु प्रहरीमा धाउँदा धाउँदै हैरान भैसकेका छन् । यति मात्र होइन नौमूले गाउँपालिका भित्र सामान्य वा गम्भीर प्रकृतिका घटनाहरु भएपनि नौमूलेका प्रहरी प्रमुख थापाले खासै चासोका रुपमा नलिने गरेको स्थानीयको दुखेसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *