नारायण नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
मातृभूमी संवाददाता । १८ साउन दैलेख
दैलेखको नारायण नगरपालिकाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । दैलेख समाज दक्षिण कोरीयाको आर्थिक सहयोगमा नारायण नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरिएको हो । दैलेख समाज दक्षिण कोरीयाका सल्लाहकार वखत थापाको आर्थिक सहयोग तथा दैलेखका युवा संचारर्की एवं लायन्स क्लव दैलेखका कोषाध्यक्ष अभिषेक अनुरागको समन्वयमा यहाँका स्थानीय तहहरुमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण वाट वच्नका लागी स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
दैलेख जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को महामारी फैलिरहेको र यसको रोकथाम तथा संक्रमण न्यूनिकरण गर्नका लागि ६५ हजार बराबरको स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरिएको अनुरागले जानकारी दिए । आईतवार नारायण नगरपालिकामा एक कार्यक्रम गर्दै सामाग्री प्रदान गरिएको छ । स्वास्थ्य सामाग्रीमा पिपिई सेट, केएन ९५ मास्क, डिस्पोजल ग्लोब्स, सर्जिकल ग्लोब्स, थर्माेमिटर, सेनिटाईजर, क्लोरिन वोटल र युटिलिट ग्लोब्स लगाएतका सामाग्री रहेका छन् ।
नारायण नगरपालिकामा स्वास्थ्य सुरक्षा सामाग्री वुझ्दै नारायण नगरपालिका दैलेखका मेयर रत्नवहादुर खड्काले यो सहयोग आफुहरुका लागी निकै ठुलो सहयोग भएको वताए । उनले यस महामारीका वेला विभिन्न संघ संस्थाले गरेको सहयोगले यस माहामारीवाट वच्न सहज हुने वताउँदै नगरपालिका र सम्पुर्ण नगरवासीको तर्फवाट धन्यवाद समेत व्यक्त गरे । मेयर खड्काले यो महाविपत्तिको वेला सवैको सहयोग आवश्यकको खाँचो रहेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको वताए ।