भैसीं खरीद पक्रियामा अनियमितता भएको भन्दै छानविन गर्न प्रशासनमा उजुरी

मातृभूमी संवाददाता । १८ साउन दैलेख
नारायण नगरपालिकाका किसानलाई वितरण गरिएको भैंसीको विषयले अहिले वजार तातिएको छ । जिल्ला प्रशासन कार्यालयमा वितरण गरिएका भैंसीको विषयमा अनियमितता भएको भन्दै उजुरी परेपछि वजार तातिएको हो । नारायण नगरपालिका, पशु सेवा कार्यालय दैलेख र कृषि विकास कार्यालयको साँझेदारमा गत आर्थिक वर्षको असारमा किसानलाई भैंसी वाँड्दा अनियमितता भएको भन्दै उजुरी परेको छ । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले छानविन सुरु गरेको हो । भैसीं खरिद प्रक्रिया र किसान छान्ने क्रममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।
असार मसान्तमा दुध चिस्यान केन्द्र स्थापना र भैसी खदिरमा २ करोड ४ लाख रकम खर्चिएको थियो । उक्त कार्यक्रम पाउने सहकारीले पनि साँझेदारमा खर्च गरेको छ । जसमा पशु सेवा कार्यालय, तथा पशु अस्पताल दैलेखले १ करोड, नारायण नगरपालिकाले ४० लाख, कृषि विकास विकास कार्यालय मार्फत अति विपन्न वर्ग (लक्षित वर्ग विशेष) कार्यक्रबाट ४० लाख र कार्यक्रम पाएको राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्था लिमिटेडले २४ लाख गरी २ करोड ४ लाख रकम खर्च भएको थियो ।
जसमा दुध चिस्यान केन्द्र स्थापना तथा सामान खरिद, भैसी खरिद, ढुवानी, भैसी विमा, भकारो सुधार, लगायतका शिर्षकमा उक्त रकम खर्चिएको सहकारी संस्थाले जनाएको छ । सहकारी मार्फत नारायण नगरपालिकाका ३, ४, ५, ६, ७ र ११ नम्वर वडाका १ सय २१ जना किसानलाई ढुवानी भाडाँ बाहेक प्रति भैसी १ लाख १० हजारमा रुपैँयामा भैसी दैलेख सदरमुकाम सम्म ल्याएको थियो ।
सचिव स्तरिय निर्णयले भैसी कर्णाली प्रदेशबाट किन्नुपर्ने नियम भए पनि जिल्ला तथा प्रदेशभित्रबाट खरिद गरेर ढुवानी तथा कस्तो मुल्य हालेर विल बढी बनाएको आरोप समेत लगाईएको छ । पशु सेवा अस्पतालबाट चिस्यान केन्द्र स्थापना तथा दुध ब्यवसाय भनेर कार्य योजना सहित ५ वटा सहकारीले प्रस्तावना हालेका थिए । जसमा १ वटा सहकारीले काम गर्ने स्विकृती पाएको थियो ।
लगत अध्यायन गरेर चिस्यान केन्द्र र भैसींमा लगानी भएको पशु सेवा कार्यालयका निमित्त प्रमुख भिमबहादुर विष्टले बताए । सहकारीका अनुसार नगरपालिकाले प्रतिवद्धता गरेको रकम रकमान्तर गरेर दिनुपर्ने भएकाले आएको छैन । नारायण नगरपालिकाले भाद्रसम्म पैसा दिने प्रतिवद्धता गरेको जनाईएको छ । विष्ट आफै पुर्वअध्यक्ष रहेको सहकारीलाई काम गर्ने स्वीकृति दिएको नाम नवताउने सर्तमा एक स्थानीयले आरोप लगाएका छन् ।
वडा अध्यक्षको अध्यक्षतामा बसेको बैठकले किसान छानेको र नारायण नगरपालिकालाई दुध र दहिमा आत्मनिर्भर बनाउने उद्देश्य बोकेकोले रिसका भरमा उजुरी गरिएको पशु सेवा कार्यालय तथा पशु अस्पतालका निमित्त कार्यालय प्रमुख भिमबहादुर विष्टले बताए । दुध चिस्यान केन्द्र स्थापनामा २५ लाखको सामान, चिस्यान केन्द्रको घर निर्माण ८ लाख, भैसी ढुवानी, विमा, भकारो सुधार लगायतका शिर्षकमा रकम खर्च गरिएको जनाईएको छ ।
दैलेख दहिका लागि प्रख्यात भएपनि दहि, दुध अभाव हुन थालेपछि यस्तो कार्यक्रम ल्याईएको सहकारीका अध्यक्ष खमबहादुर थापाले बताए । नगरपालिकामा दुध र दहि जति बेला पनि उलपब्ध गराउने उद्देश्यका साथ कार्यक्रम पारदर्शिताका साथ गरेपनि कार्यक्रम पाउँदा प्रतिस्पर्धी सहकारीले मुद्दा मामिला गरेर बदनाम गर्न खोजेको अध्यक्ष थापाले बताए ।
भैसीं खरिदमा मुल्य बढी, दोहोरो परेको लगायतका विषयमाथि छानविनका लागि उजुरी परेकाले छानविन भईरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *