जिल्ला स्तरको पहिलो COVID-19 PCR प्रयोगशाला र मेरो अनुभव

शंकर शाही

ल्याव इन्चार्ज

दैलेख PCR ल्याव

२०७७ साल वैशाख महिना भरि ग्रिन जोनमा रहेको कर्णाली प्रदेश जेठ महिनाको सुरुवाद सँगै रेड जोन तिर प्रवेश गर्‍यो । दैलेख जिल्ला बासी भएको नाताले कर्णाली प्रदेशको कोरोना अपडेटलाई नजिकबाट नियाली रहेको थिए संयोग पनि मान्नुपर्छ कर्णाली प्रदेशको पहिलो कोरोना केश दैलेख बाट २०७७ जेठ ५ गते रिपोर्टिङ भयो ।
अरू प्रदेश जिल्लाहरूबाट भन्दा कर्णाली प्रदेशबाट छिमेकी राष्ट्र भारतमा काम गर्न जानेहरूको सङ्ख्या उल्लेख्य छ त्यसैले गर्दा पनि पछिल्ला दिनहरूमा कर्णाली प्रदेश त्यसमा पनि दैलेख जिल्ला कोरोनाको हट स्पट बन्न पुग्यो । खुल्ला सिमानाका कारण भारतबाट फर्किनु भएका नागरिकहरूको व्यवस्थापन को लागि प्रदेश सरकार स्थानीय सरकारलाई हम्मे–हम्मे नै पर्‍यो। समयमै पर्याप्त पूर्वाधार, सही निर्णय, आवश्यक जनशक्तिहरूको व्यवस्थापन ठोस नीति तथा योजनाहरू नबन्नु नै यसको कारण हुनसक्छ । भारत बाट फर्केका नागरिकहरू क्रमशः जिल्ला प्रवेश गरे सँगै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा कोरोनाको सङ्क्रमण बढ्दै गयो ।
कोरोना परीक्षणको लागि अपनाइको विधिहरू आरडीटी र पीसीआर टेस्ट मध्य पीसीआर ल्याब कर्णाली प्रदेशको एउटा मात्र सुर्खेतमा भएकोले त्यहाँ नमुनाहरू थुप्रिन थाले रिपोर्टको लागि हप्तौँ कुर्नु पर्ने अवस्था रहयो भने यता दैलेखका क्वारेनटाइनमा बसेका नागरिकलाई आरडीटी बाट परीक्षण गरी नेगेटिभ आएर घर पठाइएका मध्येबाट पनि पीसीआर टेस्ट गराउँदा ठुलो सङ्ख्यामा पोजेटिभ रिपोर्ट आयो । त्यसपछि जिल्ला बासीहरूमा कोरोनाको भयावह स्थिति बन् नसक्ने भन्दै जनदबाब सृजना हुन थाल्यो । जुन स्वाभाविक पनि थियो आरडिटीकोे भर पर्न नसकिने क्वारेनटाइनमा रहनु भएका सबैको पीसीआर परीक्षण पछि मात्र घर पठाउनु पर्ने जनस्तर बाटै स्थानीय तथा प्रदेश सरकारमा दवाब सृजना भएपछि दैलेख जिल्लाका जनप्रतिनिधिहरुले दैलेख जिल्लामै पीसीआर परीक्षणको लागि प्रयोगशाला स्थापनाको सम्भाव्यता र पूर्वाधारको लागि छलफल चलाए ।
तर केन्द्र सरकारले थप प्रयोगशालाहरू खोल्न नसकिने पहिले नै स्थापना भएका प्रयोगशालाहरूको क्षमता वृद्धि गर्ने भन्दै दैलेखमा पीसीआर प्रयोगशाला खोल्न सहज नभएको धारण व्यक्त ग¥यो जुन कुरो ठिकै पनि थियो कोरोनाका लागि पीसीआर प्रयोगशाला स्थापना गर्नु त्यसको व्यवस्थापन गर्नु र निरन्तरता दिन सक्नु सोचे जति सजिलो पनि छैन र होइन पनि , यदि त्यो प्रयोगशाला उचित व्यवस्थापनमा सञ्चालन हुन सकेन भने त्यही प्रयोगशाला नै सङ्क्रमणको घर हुनसक्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रयोगशाला स्थापना गर्ने हो भने पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन , निरन्तर सञ्चालनको लागि आवश्यक पर्ने सर, समानको व्यवस्थामै ठुलो धन राशि खर्च गर्नुपर्ने हुन्छ । यति हुँदा हुँदै पनि नागरिकहरूको सुरक्षाको लागि जनस्तरबाटै सृजना भएको दबाब को कारणले जिल्लामै पीसीआर परीक्षण ल्याबको व्यवस्था मिलाउन बाहेक अर्को विकल्प जनप्रतिनिधिहरू सँग नरहेकाले पीसीआर प्रयोगशाला स्थापनाको कार्य योजना बन्न सुरु भयो भन्ने ठानेको छु।
दैलेख जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्र सरकार र प्रदेश सरकारमा रहनु भएका जनप्रतिनिधिहरुले छलफल गरेर योजना बनाएर कहाँ बाट र कसरी जिल्लामा पीसिआर ल्याब सञ्चालनको लागि पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गर्न सकिन्छ भनेर विभिन्न निकाय तथा संस्थाहरू सँग छलफल चलाए पछि प्रयोगशाला स्थापनाको एउटा जनशक्तिको रूपमा म पनि समेटिन पुगेको छु । मेरो जन्म दैलेख जिल्लाको साबिकका गमौडिे गा.वि.स वडा नं ७ हालको दुल्लु नगरपालिका वडा नं १० मा भएको हो भने मेरो बाल्यकाल र स्कुले जीवन यतै बितेको थियो । उच्च शिक्षाका लागि म जिल्ला बाहिर गएर प्रयोगशालाको पहिलो खुट्किलो मानिने ल्याब असिस्टेन्ट बाट पढाई सुरु गरेर ल्याब टेक्निसियन (काठमाडौँ युनिभर्सिटी) हुदैे ब्याचलर इन मेडिकल ल्याब टेक्नोलाजि (पि.जि.आई.एम इ आर चण्डिगढ) बाट अध्ययन पुरा गरेर सरकारी सेवामा प्रवेश गरेको हुँ । भने अहिले मास्टर डिग्री टोटल क्वालिटी म्यानेजमेन्ट सकेर थुप्रै अन्तर्राष्ट्रिय मापदण्ड (आइ एस.ओ सटिफाइट) प्रयोगशालाहरूमा पनि काम गरेको अनुभव सँगालेको छु ।
दैलेखमा कोरोना सङ्क्रमण सँगै पीसीआर ल्याब स्थापना गर्नका लागि सम्भावना अध्ययन गर्नका लागि छलफल गर्न विभिन्न निकायका उच्चपदस्थ कर्मचारी, समाजसेवी, जनप्रतिनिधीज्युहरु समावेश भएको जुम मिटिङमा मैले पनि भाग लिने अवसर पाएको थिए, जसमा मलाई सोधिएको थियो प्रयोगशाला कर्मी हिसाबले दैलेखमा पीसीआर ल्याब स्थापना गर्न कत्तिको सम्भव होला भनेर त्यस मिटिङमा मैले भनेको थिए पीसीआर ल्याब स्थापना गर्न सोचेको जति सजिलो त पक्कै छैन किन कि ल्याब स्थापना गर्नु मात्र ठुलो विषय नभएर स्थापना पश्चात् यसलाई सही तरीकाले सञ्चालन गर्नु ,त्यहाँबाट निस्कने रिपोर्टहरूको गुणस्तर सुनिश्चित गर्न र प्रयोगशालाबाट निस्किने फोहोर मैलाको व्यवस्थापन गर्नु चुनौतीको विषय बन्न सक्छ । तर सबैको सहयोग र समन्वय भयो भने असम्भव कुरा पनि होइन, यदि स्थापना गर्ने निर्णय भयो भने म आफ्नो जन्म भूमिको लागि मेरो ज्ञान सिपलाई प्रयोग गर्न तयार छु भनेको थिएँ । म आफ्नो कर्मथलो बागमति प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पीसीआर ल्याबमा नै काम गर्दै थिए जेठ २० गते मलाई फोन आयो र मलाई तपाई दैलेखमा पीसीआर सञ्चालनको लागि जान तयार हुनुहुन्छ ? भनेर सोधियो । म जान तयार छु ।
तर म नेपाल सरकारको कर्मचारी भएको र हाल बाग्मती प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत छु, हाम्रो यही प्रयोगशालामा पनि जनशक्तिको अभाव छ । त्यसैले म जान मिल्ने वातावरण नमिल्न पनि सक्छ यदि वातावरण मिलाईदिन्ु हुन्छ भने म जान तयार छु । दैलेख जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य माननीय ज्युहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट बाग्मती प्रदेश सरकार सँग समन्वय गरी मलाई तिन महिना काम काज गर्नका लागि दैलेख खटाउने निर्णय बमोजिम २०७७ जेठ ३० गते पत्र तयार गरी कामकाज गर्न दैलेख पठाउनु भयो । पीसीआर ल्याब स्थापनाका लागि आवश्यक पर्ने सम्पूर्ण साधनहरू लिएर जनप्रतिनिधिहरू सहितको प्राविधिक टोली दैलेखको लागि हिँडियो लकडाउनको समय भएको विभिन्न बाधा अड्चनलाई छिचोल्दै उत्साहका साथ असार ५ गते दैलेख जिल्लामा आई पुगेका पुगियो ।
दैलेखमा प्रयोगशाला स्थापनाको लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा लागेका जिल्ला स्थित विभिन्न निकायहरू र स्थानीय सरकार सँगको समन्वय पश्चात् पूर्वाधार निर्माण सम्पन्न गरी असार १० गते दैलेख जिल्लामा स्थापना भएको पीसीआर ल्याब स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री माननीय श्री नवराज रावत ज्यूबाट उद्घाटन सम्पन्न भयो । उद्घाटन पश्चात् अब हाम्रा चुनौतीहरू थिए स्थापना भएको प्रयोगशालालाई कसरी सञ्चालनमा ल्याउने र निरन्तर रूपमा सेवा प्रवाह गर्ने । किनकि प्रयोगशाला सञ्चालनको लागि भौतिक पूर्वाधार मात्र नभएर क्वालिफाईड (अनुभवी) जनशतिmको पनि उतिकै महत्त्वपूर्ण भूमिका रहन्छ । हाम्रो प्राविधिक टिममा म लगायत अरू २ जना साथीहरू केशव बुढा र दिलीप के.सी हुनहुन्थ्यो र तिन जनाको अथक प्रयासबाट हामीले हाम्रो नयाँ स्थापना भएको प्रयोगशालालाई र यसबाट निस्कने रिपोर्टको प्रमाणीकरणको काम भेरी अस्पतालमा रहेको पीसिआर ल्यावबाट सम्पन्न गरे पछी दैलेखको ल्याब बाट निस्कने नतीजा गुणस्तरीय छ भन्ने कुराको सुनिश्चितता गरेसङै त्यस पछिबाट आउँने रिजल्टहरु यसै ल्यावबाट सम्प्रेशण गर्न सुरु गरेको एथार्थ सबैलाई अबगत नै छ ।
अहिले सम्म यस प्रयोगशालाबाट २२०० सय भन्दा बढि नमुनाहरुको जाँच भइसकेको छ भने १५० भन्दा माथि नयाँ पोजेटिभ केशहरु पत्ता लागिसकेका छन् । एउटा स्थापना भइसकेको प्रयोगशाला निरन्तररुपमा सञ्चालन हुन गुणस्तरीय सेवा दिनको लागि मेशिन , म्यानपवोर, मेथोड, मेटेरियल र मेनेजमेन्टकोे आवश्यक पर्छ । जसलाई प्राविधिकको भाषामा ‘‘फाइम एम’’ भन्ने गरिन्छ । यदि यो पाँच तत्वहरु मध्ये कुनै एक नभएमा प्रयोगशालाले गुणस्तरीय सेवा प्रवाह गर्न अप्ठ्यारो हुन्छ । दैलेख जिल्लाको पीसीआर प्रयोगशालामा यो सबै पाँच वटै तत्व पुगेको छ भन्ने अवस्था छैन । मेसिन ,विधि, मेटोरियल हुदाँ हुदै पनि मेनपावरको कमि र अव्वल मेनेजमेन्टको कमिले भविष्यमा प्रयोगशाला बन्द नहोला भन्न सकिदैना ।
सीमित मेनपावर (२ जनाले) दिनमा १८ घण्टा खटिएर जुन किसिमको योगदान दिन सकिएको छ त्यसलाई मेनेजमेन्टले उच्च मुल्याङकन गर्दै प्राविधिकहरुको मनोबल उच्च राख्दै काम प्रति अझ प्रोत्साहित गर्ने छ र भविष्यमा पनि प्रयोगशाला निरन्तर सञ्चालनमा रहिरहने छ भन्ने आशा लिएको छु । अहिले स्थापना भएको प्रयोगशालाले कोरोनाको मात्र परीक्षण गर्ने नभइ यस प्रविधिबाट भविष्यमा आउन सक्नेअरु रोगहरु लगायत अहिले देखिएका मलेरिया, डेङ्गु , एच.आइ.भी, हेपाटाइटिस लगाएतका रोग हरुको जाँच गर्नमा पनि मद्धत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!