रोनाल्डोले खरिद गरे विश्वकै सबैभन्दा महँगो कार

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै विश्वकै सबैभन्दा महँगो कार खरिद गरेका छन् । दुनियाँको सबैभन्दा महँगो कार बुगाटी ला वायोएवर हो । हालै आफ्नो क्लब युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको खुसियालीमा रोनाल्डोले उक्त कार खरिद गरेका हुन् ।
दुनियाँकै महँगो उक्त कारको मूल्य कति होला ? समाचार अनुसार रोनाल्डोले उक्त कार खरिद गर्न एक अर्ब २० करोड रुपैयाँ अर्थात् ८५ लाख युरो बराबरको रकम खर्चिएका छन् । रोचक त के भने रोनाल्डोले किनेको यो कार बनाउने कम्पनीले अहिलेसम्म यो मोडलका केवल १० वटामात्र कार उत्पादन गरेको छ ।
रोनाल्डोले आफ्ना फ्यानहरुका लागि उक्त कारको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । रोनाल्डोले खरिद गरेको यो कार आगामी वर्ष सन् २०२१ सम्ममा कम्पनीले उनलाई उपलब्ध गराउनेछ । स्मरण रहोस् रोनाल्डोसँग यो बाहेक अरु करोडौँका कारणसमेत रहेका छन् । उनको ग्यारेजमा यसअघि नै ३ करोड युरो बराबरका कारहरु रहेका छन् ।
अहिले रोनाल्डोले खरिद गरेको सबैभन्दा महँगो बुगाटी ला वायोएभरको अधिकतम गति ३८० किलोमिटर प्रतिघण्टा रहेको छ । हालैमात्र नाइकी र बुगाटी कम्पनी मिलेर रोनाल्डोका लागि एक विशेष बुटसमेत बनाएका छन् । उक्त बुटको नाम नाइकी मर्क्युरियल सुपरफ्लरी CR7 Dieci हो ।
एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!