राष्ट्रियसभाका चार विषयगत समिति सभापतिका लागि शुक्रवार निर्वाचन हुँदै

मातृभूमी संवाददाता । २३ साउन काठमाण्डौ
राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिका लागि चारजनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार सभापतिका लागि बिहीबार उम्मेदवारी दर्ता भएको हो । विहिवार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको समयभित्र चारजनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् ।
सचिवालयले शुक्रबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । समितिको सभापति पदमा एकजनाको मात्रै उम्मेदवारी परे सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । एकभन्दा बढी उम्मेदवारी दर्ता भए निर्वाचन प्रक्रियाबाट सभापति चयन गरिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *