युरोपा लिगको क्वाटरफाइनलमा सेभिल्ला र लिभरकुशेन

एजेन्सि
सेभिल्ला र लिभरकुशेन युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा सेभिल्लाले रोमालाई २ शून्यले तथा लिभरकुशेनले रेन्जरलाई १ शून्यले हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् । सेभिल्लाको जितमा खेलको २२ औं मिनेटमा सर्जियो रेगुइलन र ४४ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गरे । यस्तै लिभरकुशेनको जितमा मौसा डायबीले गरेको गोल नै निर्णायक बन्यो ।
लिभरकुशेन समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिभरकुशनले अब आउँदो सोमबार इन्टर मिलानसँग तथा सेभिल्लाले वलभरह्याम्टन ह्वनडरर्ससँग मंगलबार खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *