केकीले ‘परदेशी २’ रोजेपछि ‘विच्छेद’मा लक्ष्मी

मातृभूमी संवाददाता
नायिका केकी अधिकारीले पहिले साइन गरेको चलचित्र ‘विच्छेद’ थियो । तर, लगतै चलचित्र ‘परदेशी २’को पनि अफर उनलाई आयो । उनले यो चलचित्र पनि साइन गरिन् । तर, छायांकन समय भने एउटै भैदियो । केकी ‘परदेशी २ वा विच्छेद’मध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगिन् । यसपछि, उनले आफूले पहिले साइन गरेको चलचित्रलाई भन्दा ‘परदेशी २’ खेल्नु उत्तम ठानिन् ।
केकीले ‘विच्छेद’मा संझौता गरेर छाडिन् । निर्माणपक्ष पनि उजुरी र मुद्दामा रुमल्लिन चाहेन । यसैले, यो चलचित्रमा नायिका लक्ष्मी वर्देवालाई अनुवन्धित गरियो । चलचित्रमा लक्ष्मी र मुकुन भुषालले काम गरिरहेका छन् । तर, चलचित्र छायांकन भएको केही समयमै लकडाउन भएपछि यसको छायांकन प्रभावित भयो । चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरिरहेका छन् ।
अब, तिहारपछि चलचित्रको छायांकन सुरु गर्ने योजना यसको निर्माणपक्षको छ । राज पण्डित र सुवास राइको निर्माणमा तयार भैरहेको यो चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रपछि सत्यराजकै निर्देशनमा मुकुनले ‘अन्तरे’ नामक चलचित्रमा काम गर्नेछन् । चलचित्र ‘बुलबुल’मा काम गरेपछि मुकुनको माग चलचित्र क्षेत्रमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *