फिल्म छायांकनका लागि बेलायत उडे अक्षय

मातृभूमी संवाददाता
बलिउड नायक अक्षय कुमार बेलायत उडेका छन् । उनी, आज चलचित्र ‘बेल बटम’को छायांकनका लागि लण्डन उडेका हुन् । उनीसँग नायिका ट्विंकल खन्ना र उनका दुई सन्तान पनि लण्डन उडेका हुन् । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा अक्षय र उनको टिम चलचित्र छायांकनका लागि लण्डन पुगेको हो । उनीहरु, चार्टर फ्लाइटको माध्यमबाट लण्डन उडेका हुन् ।
चलचित्रको छायांकनका लागि अक्षयसँगै नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत लण्डन उडेका हुन् । कोरोना भाइरसको संक्रमण चलिरहेको समयमा अन्य निर्माताले चलचित्रको छायांकन सुरु गर्न सकेका छैनन् ।
अक्षयले भने सधै डरमा बाँच्न हुँदैन भन्दै चलचित्रको छायांकन सुरु गरेका हुन् । थ्रिलर कथामा बन्न लागेको यो चलचित्र सन् १९८० को सेटमा छायांकन गरिनेछ । चलचित्रमा अक्षयको साथमा बानी कपुर, हुमा कुरेसी, लारा दत्त लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *