पि.सि.आर टेस्ट रिपोर्ट एकै ब्यक्तीमा फरक फरक किन ?

शंकर शाही

सन् २०१९ को अन्तिम महिनामा चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) नामक नयाँ कोरोना भाइरसले संसार भरि नै गम्भीर खालको निमोनिया र स्वासप्रश्वासको रोग निम्त्याउन शुरु गर्यो । शुरुवाती दिनमा यसलाई २०१९ नोवेल कोरोना भाइरस भनियता पनि पछि यसबाट हुने रोगलाई कोभिड–१९ भनियो भने यो रोग लगाउने भाइरसलाई सिभिआर एक्युटरेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस–२ (सार्सकोभ–२) भनियो भने यो भन्दा पहिला सन् २००३ मा सार्स कोरोना भाइरस र सन् २०१२ मा मर्स कोरोना भाइरस देखिएको थियो । कोरोना भाइरस एक ब्यक्तिबाट अर्को व्यक्तिमा मास्क नलगाई हाच्छ्यु गर्दा, खोक्दा र बोल्दा मुखबाट निस्किने स–साना ड्रप्लेटहरु अर्को व्यक्तिको नाक मुख र आँखाको माध्यमबाट शरीर भित्र प्रवेश गरेमा सर्दछ ।

त्यसैले यसबाट बच्नको लागि सधैँ मास्कको प्रयोग गर्नु पर्दछ । खोक्दा हाच्छ्यु गर्दा रुमाल अथवा टिस्यु पेपरले छोपेर मात्र गर्नु पर्दछ भने साबुन पानीले मिचीमिची हात धुने बानी बसाल्नु पर्दछ । सामाजिक दुरी कम्तिमा १ मिटर कायम गर्नुपर्दछ । भिडभाडमा जानु हुदैँन । सबैले बारम्बार छुने बस्तुहरु छोएपछि ह्यन्ड्स्यानिटाइजरको प्रयोग गर्नु पर्दछ अथवा कम्तिमा २० सेकेन्ड सम्म साबुन पानीले हात धुनु पर्दछ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुमा प्रयाप्त मात्रामा लक्षणहरु नदेखिए पनि ज्वोरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गार्हो हुनु र पखाला लाग्नु यसका प्रमुख लक्षणहरु हुन् । कोरोना भाइरसको संक्रमण भय नभयको पत्ता लगाउनको लागि प्रमुख दुइ वोटा तरिका अपनाइएको पाइन्छ जस अन्तर्गत–

१) डाइरेक्ट भाइरस छ छैन भनेर पत्ता लगाउने बिधि ।

२) कोरोनाको संक्रमण भैसके पछि हाम्रो सरिरले कोरोनाको बिरुद्द निकाल्ने रोग प्रतिरोधात्मक तत्वको जाँच गर्ने जसलाई हामि सेरोलोजिकल टेस्ट पनि भन्दछौँ ।

डाइरेक्ट भाइरस छ छैन भनेर पत्ता लगाउनको लागि विभिन्न बिधिहरुको प्रयोग गरिन्छ । जसमा धेरै प्रयोग भैरहेको विधिको नाम हो आरटीपीसीआर टेस्ट भने अर्को बिधि हो । आइसोथर्मल एम्प्लि फिकेसन एस्से त्यस सँगसँगै र्यापिड एण्टिजिन डिटेक्सन टेस्ट पनि प्रयोग गर्न सकिन्छ ।

सेरोलोजिकल टेस्टहरुमा एकदमै चलन चल्तीमा रहेको आरडिटी टेस्ट अथवा यसलाई र्यापिड एण्टिबडि टेस्ट पनि भनिन्छ भने अन्ये टेस्टहरुमा इलाइजा , क्लियारन्युट्रलाइजेसन एस्सेहरु पर्दछ । तर सबै भन्दा राम्रो गोल्डस्ट्याण्डर्ड मानिएको टेस्ट चाहिँ रिअलटाइम पीसीआर टेस्ट नै हो । पीसीआर भनेको पोलिमरेजचेन रियाक्सन हो । यो शंसारभर व्यापक रुपमा प्रयोग गरिएको मोलिक्युलर बायोलोजी (आणविकजीवबिज्ञान) प्रबिधि हो । यसमा कोरोना भाइरसको आनुबांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) छकि छैन भनेर हेरिन्छ । यो अत्यधिक संबेदनशील बिधि हो । यसमा संकलन गरिएको नमुनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई २ चरणमा परिक्षण गरिन्छ । पहिलो चरणमा नमुनामा भएको भाइरसको आरएनए छुट्याइन्छ त्यस बिधिलाइ आरएनए एक्सट्रयाक्सन भनिन्छ ।

दोश्रो चरणमा एक्सट्रयाक्सन गरिएको आरएनएलाई कोभिड–१९ को बिसेष प्राइमरसँग जुधाइन्छ र संक्रमण शंका गरिएका व्यक्तिको नमुनामा कोरोना भाइरसको आनुबांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) छैन भने कुनै प्रतिक्रिया आउँदैन र नतिजा नेगेटिभ आउँछ । तर संक्रमित व्यक्तिको नमुनामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट छ भने त्यो बिशेष प्राइमरसँग मेल खान्छ र एउटा रंगिन चित्र (फ्लोरेसेंस) देखिन्छ जसले परिणाम पोजेटिभ भएको पुस्टि गर्दछ । तर एउटा गुणस्तरीय रिपोर्ट निकाल्नको लागि प्रयोगशाला र त्यसमा प्रयोग भयको बिधि मात्र नभयर नमुना संकलन, नमुनाको प्रकार, नमुनाको भण्डारण , संक्रमणको अबस्था , नमुनाको ओसार–पसारले ठुलो भूमिका खेल्छ । जसलाई हामी प्राबिधिक भाषामा प्रि–एनालाइटिकल फेज भन्दछौँ,  जसले ५० देखि ८० प्रतिसत सम्म रिपोर्टको गुणस्तरियतालाइ निर्धारण गर्छ । तसर्थ नमुना निकाल्ने व्यक्तिले यस पक्षमा बढी नै ध्यान दिन जरुरि छ । नभए एकै व्यक्तिमा एकै दिनमा निकालेको नमुनामा पनि फरक–फरक रिजल्ट आउन सक्छ ।

जसमा मेसिन , मेन पावर, मेथड र मेटेरियलको कुनै दोष हुँदैन भने अर्को पक्ष भने कोकोरोना संक्रमित व्यक्तिको नमुना संकलन भएकै दिन अथवा संक्रमण भएको एक दुई दिनमै नमुना संकलन गर्दा संकलन गरेको नमुनामा प्रयाप्त मात्रामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट नपाइनुले पनि रिजल्ट नेगेटिभ आउन सक्छ । त्यहि व्यक्तिको नमुना पुनःतेस्रो वा चौथो दिनमा संकलन गरेर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउन पनि सक्छ । संक्रमण भएको पहिलो हप्ता अथवा ३ देखि ७ दिन सम्म भाइरसको संख्या उच्च हुन्छ भने बिस्तारै हाम्रो सरिरले रोग प्रतिरोधात्मक तत्वको बिकास गरेसंगै भाइरसको संख्या घट्दै जान्छ । पीसीआर बिधिबाट रिपोर्ट पोजेटिभ आउनको लागि १ एमएल नमुनामा ५०० भन्दा बढी भाइरसको संख्या हुनुपर्द ।

त्यसैले कोरोनाको संक्रमणको लक्षण भएका अथवा शंका लागेका व्यक्तिहरुमा पीसीआर रिपोर्ट नेगेटिभ आउदैमा उ संक्रमित भएको छैन भन्न सकिदैन । अरु प्रबिधि भन्दा धेरै संबेदनसिल र खर्चिलो प्रबिधि भएको हुनाले कोरोना संक्रमणको लक्षण नदेखिएका जाँचको मापदण्डमा नपरेका र अति आवस्यक नभएका व्यक्तिहरुमा पीसीआर टेस्ट नगराउँदा पनि हुन्छ । कोरोना संक्रमण भैसके पछि पनि २ देखि ३ हप्तामा हाम्रो शरीरले कोरोनाको विरुद्दमा रोग प्रतिरोधात्मक तत्वको बिकास गर्ने र कोरोना भाइरसलाई बिस्तारै निस्क्र्य पार्ने भएकोले पनि पीसीआरटेस्ट नेगेटिभ देखिन सक्छ यस्तोबेलामा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना पनि एकदमै न्यून अथवा शुन्य बराबर हुन्छ ।

(लेखक–शाही कोभिड–१९ पीसीआर प्रयोगशाला दैलेखका ल्याब इन्चार्ज हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *