राष्ट्रिय वाणिज्य वैंक दैलख शाखा सिल
मातृभूमी संवाददाता । २६ साउन दैलेख
राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखा सिल गरिएको छ । शाखाका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि बैंक सिल गरिएको हो । वैंक सिल हुँदा शाखाले प्रदान गर्दै आएको सेवा प्रभावित भएको छ ।
जिल्लामा आइतबार गरिएको परीक्षणमा नारायण नगरपालिकाका १४ र भैरवी गाउँपालिकाका ३ जनालाई कोरोना पोजेटिभ देखिएको हो । समुदाय स्तरमा गरिएको परिक्षणमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो ।
वाणिज्य वैंक दैलेख शाखाले प्रदान गर्दै आएको सेवा अनिश्चितकालका लागि बन्द गरिएको बैंकले जनाएको छ । बैंकमा कार्यरत १३ जना कर्मचारीहरूमा गरिएको पिसिआर परीक्षणमा एक कर्मचारीमा कोरोना पोजेटिभ भेटिएसँगै बैंकले अन्य कर्मचारी लगायत सेवाग्राहिहरूमा संक्रमण फैलन नदिनका लागि बैंकका सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको शाखा प्रबन्धक चेतन कुमार बिसीले जानकारी दिए ।
समुदाय स्तरमा गरिएको परिक्षणमा ३८ जना मध्ये १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यलय दैलेखका खोप अधिकृत एवं कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए । रेग्मीका अनुसार कोरोना पोजेटिभ देखिएका सवै संक्रमितलाई आइसोलेसनमा राखि सकिएको छ ।