दैलेखमा राष्ट्रिय परिचयपत्र दर्ता गर्न सुरु, पहिलो विवरण इन्द्रा थापाको

तस्विर : अमर सुनार

मातृभूमी संवाददाता । २७ साउन दैलेख
दैलेखमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सुरु भएको छ । नारायण नगरपालिका १ दैलेख बजारकी ७६ वर्षीया इन्द्रा थापाको व्यक्ति विवरण भरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सुरु गरिएको हो । हरेक नेपाली नागरिकहरुको १० वटै औंलाको छाप, आँखाको रेटिना जस्ता जैविक विवरण समेटिएका कारण व्यक्ति पहिचानमा सजिलोको लागि सरकारले ठूलो कामको सुरुवात गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।
व्यक्ति आफै उपस्थित भएर गुणस्तरीय फोटो खिचाउनेदेखि नागरिकता, लाइसेन्स, राहदानी, बैंकका खाता नम्वर, शैक्षिक योग्यता विवरण समेत लिने व्यवस्था मिलाइएको दर्ता अधिकारी सगुन कार्कीले जानकारी दिइन् । राष्ट्रिय परिचयपत्र विवरण दार्त जिल्ला प्रशासन कार्यालय भित्रै कार्यालय समयमा हुने तर त्यसको लागि व्यक्तिले आफ्नो सक्कल नागरिकताका साथ उपस्थित हुनुपर्ने दर्ता अधिकारी कार्कीले वताईन् ।
अहिले जिल्ला प्रशासन कार्यालयमै काम सुरु गरिएको र कोरोना संक्रमणका जोखिम हटेपछि गाउँ–गाउँमा मतदाता नामावली संकलन जस्तै अभियान सञ्चालन गरी विवरण संकलन गरिने सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । निश्चित अवधिसम्म अभियानका रुपमा विवरण संकलन गरिसकेपछि मेसिन रिडएवल चिप्स रहेको कार्ड छापेर व्यक्तिलाई उपलब्ध गराइने परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम छ । गृह मन्त्रालयको परिचयपत्र तथा पञ्जीकरण विभागको कार्यक्रम अनुसार दैलेखमा सोवारदेखी राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *