वेथिति श्रृंखला–२१ : नारायण नगरको वस्तुगत विवरण अझै अध्यावधिक भएन

मातृभूमी संवाददाता । २९ साउन दैलेख
दैलेखको नारायण नगरपालिकाले प्रकाशन गरेको वस्तुगत विवरण (नगर प्रोफाईल) अझै अध्यावधिक गरिएको छैन । नगरपालिकाले प्रकाशन गरेको वस्तुगत विवरण (नगर प्रोफाईल) ३ वर्ष हुँदा पनि अध्यावधिक गरिएको छैन । नगरपालिकाले प्रकाशन गरेको वस्तुगत विवरण (नगर प्रोफाईल) २०७५ मा झुठ्ठो लेखी प्रकाशन गरेको विषयमा समाचार प्रकाशन प्रशारण हुँदा पनि अध्यावधिक नगरेको पाईएको हो । नारायण नगरपालिकाको वस्तुगत विवरण (नगर प्रोफाईल) २०७५ को पेज नं. ८५ मा लेखिएका कुरा झुठ्ठो भएको पाईएपछि समाचार प्रकाशन तथा प्रशारण गरीएको थियो ।
नारायण नगरपालिकाले तयार पारेको वस्तुगत विवरण (नगर प्रोफाईल) २०७५ को पेज ८५ मा फोहोरपानी प्रशोधनशाला निर्माणधिन, ल्यण्डाफिल साईट निर्माणधिन र वायोग्यास प्लान्ट निर्माणधिन भनेर लेखिएको छ । माथि उल्लेखित सवै कुरा झुठ्ठा भएको स्थानीयको भनाई छ । निर्माणधिन अवस्थामा रहेका सम्पुर्ण कुरा कहाँ निर्माण भैरहेको छ भन्ने समेत जानकारी नभएको स्थानीयको भनाई छ ।
यस्तै उक्त पेजको अन्तिममा नगरपालिकासँग नगर प्रहरी भ्यान भएको उल्लेख गरिएको छ । तर नारायण नगरपालिकामा हाल सम्म नत नगर प्रहरी छ नत नगर प्रहरी भ्यान नै । आफुसँग नभएको कुरा वस्तुगत विवरणमा उल्लेख गरी जनतालाई झुक्याउन खोजिएको भन्दै स्थानीवासी टोपेन्द्रकुमार थापाले आपत्ति जनाए । उनले भने, ‘आफुसँग जे छ, आफ्नो नगरपालिकामा रहेका कुराहरुको नगरवासी र अन्य स्थानीय तहलाई जानकारी गराउनका लागी तयार पारिने यस्ता वस्तुगत विवरण (नगर प्रोफाईल) मा अनाआवश्यक कुरा उल्लेख गरी प्रकाशन गरी सिंगो नगरपालिकाको वेईज्जत गरिएको छ’ थापाले भने, ‘यसमा सम्वन्धित निकायको ध्यान पुग्न जरुरी छ ।’
लाखौँ रुपैयाँ खर्च गरी प्रकाशन गरिएको कितावमा यसरी गल्ति गर्दै जानुमा कर्मचारी प्रशासन र स्वंयम नगरप्रमुख र उपप्रमुख माथि नै प्रश्न चिन्ह खडा भएको वुद्धिजीवीहरुको भनाई छ । विस्तृत रुपमा अध्ययन अनुसन्धान नगरी पैसा कुम्ल्याउने नियतिले नगरपालिकको वस्तुगत विवरण प्रकाशन गरिएको उनीहरुको वुझाई छ ।
नारायण नगरपालिकाका नगरप्रमुख रत्नवहादुर खड्काले आफुले यस विषयमा विस्तृत रुपमा वुझेर सच्याउन लगाउने २०७६ फागुन २५ गते मातृभूमी अनलाईनसँग प्रतिवद्धता जनाएका थिए । नगप्रमुख खड्काले नगरपालिकासँग दमकल एक, डोजर एक, स्कार्पियो गाडि एक, टोयटा गाडी एक, ट्रिपर एक, ट्याक्टर एक, ११ वटा वडामा १÷१ वटा मोटर साईकल र नगरपालिकामा केहि मोटरसाईकल भएको तर नगर प्रहरी भ्यान नभएको वताएका थिए । उनले आफ्नो नगरपालिकामा हुँदै नभएको कुरा वस्तुगत विवरणमा उल्लेख गरी किताव प्रकाशन गर्नु गल्ति भएको वताएका थिए । तर हालसम्म उक्त वस्तुगत विवरण (नगर प्रोफाईल) २०७५ अध्यावधिक नगरीनु नगरपालिकाको कमजोरी र लज्जाको विषय भएको स्थानीयको भनाई छ ।
नारायण नगरपालिकामा फोहोरपानी प्रशोधनशाला निर्माणधिन अवस्थामा रहेको भनिएको छ कहाँ निर्माण भईरहेको छ ? भन्ने प्रश्नमा नगरप्रमुख खड्काले यो हुँदै नहुने कुरा किन उल्लेख गरिएको हो वुझेर खवर गर्छु भनेर २०७६ फागुन २५ गते मातृभूमी अनलाईनका संवाददातासँग भनेका खड्काले हालसम्म विवरण अध्यावधिक गर्न नलगाउनु नगरप्रमुखको कमजोरी मात्र हैन ईच्छाशक्ति नै नभएको पाईन्छ । यसरी हचुवाको भरमा वस्तुगत विवरण प्रकाशन गर्दा सिंगो नगरपालिकाको नै वेईज्जत भएको मिश्रीत प्रतिक्रिया आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *