लकडाउनको शुल्क असुल्दै सरस्वती विद्यामन्दिर त्रिवेणी प्रा.ली.
मातृभूमी संवाददाता । २९ साउन दैलेख
दैलेखका निजि विद्यालयले मासिक शुल्क लिएको पाईएको छ । विद्यालय संचालन नभएको समयको मासिक शुल्क लिएको पाईएको हो । सरकारले निजि विद्यालयलाई शुल्क नलिन निर्देशन दिएपनि दैलेखमा भने निजि विद्यालयहरुले शुल्क लिईरहेको पाईएको छ ।
नारायण नगरपालिका ५ को त्रिवेणी विद्या मन्दिरले अभिभावकवाट शुल्क अशुलेको पाईएको हो । विद्यालयले मासिक शुल्कका अलावा अतिरिक्त शुल्क समेत लिएको पाईएको छ । जस अन्र्तगत कम्प्यूटर र परिक्षा शुल्क लिएको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत्र ११ गते देखि विद्यालय बन्द भएका बेला शुल्क नलिन र विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । चैत्रदेखी शुल्क सहित अन्य शिर्षकमा अभिभावकबाट निजि विद्यालयहरुले शुल्क लिएको खुलेपछि अभिभावकहरुले सम्वन्धीत निकायमा गुनासो गरेका छन् ।
यता सरस्वती विद्या मन्दिर त्रिवेणी प्रा.ली नारायण नगरपालिका ५ दैलेखका अध्यक्ष वखत कटुवालले गत वर्षको २०७६ चैत्रसम्म परिक्षा भएकाले शुल्क लिन मिल्ने बताए । आफुहरुले बैशाख देखी कुनै शुल्क नलिएको वताए पनि २०७७ साल साउन २९ गते अभिभावकवाट शुल्क लिएको विल सार्वजनिक भएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले यस विषयमा सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रवहादुर क्षेत्रीले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ दैलेख मार्फत ईष्पष्टिकरण सोकिने वताए । प्रमुख जिल्ला अधिकारी कटेलले सरकारले दिएको निर्देशन पालना नगर्ने जोकोहि कानुनको दायरामा आउने वताए । उनले गएको चैत्र ११ गते भन्दा पछाडी कुनै पनि वहानामा अभिभावकवाट शुल्क असुल्न नपाईने र यस विषयमा छानविन गरिने वताए ।