वेथिति श्रृंखला–२२ : कोरोना अस्पतालमा डा. काे लापरवाही, एम्वुलेन्स चालकद्धारा स्वाव संकलन
मातृभूमी संवाददाता । ३२ साउन दैलेख
आइसोलेसनमा रहेका कोरोना संक्रमितको स्वाव एम्वुलेन्स चालकले संकलन गरेको पाईएको छ । दैलेखको नारायण नगरपालिका ८ तर्ताङ्गमा निर्माण गरिएको आइसोलेसनमा रहेका कोरोना संक्रमितको स्वाव एम्वुलेन्स चालकले संकलन गरेको पाईएको हो । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका एम्वुलेन्स चालक अर्जुन शाहीले कोरोना संक्रमितको स्वाव संकलन गरेका हुन् । आइतवार विहान कोरोना पोजेटिभ देखिएर आइसोलेसन अस्पताल तथा होम आइसोलेसनमा रहेका ४ जनाको स्वाव एम्वुलेन्स चालक शाहीले संकलन गरेका हुन् ।
दैलेख अस्पतालका कोरोना फोकल पर्सन एवं खोप अधिकृत थिरप्रसाद रेग्मीले यस विषयमा आफुलाई जानकारी नभएको वताएका छन् । रेग्मीले आइसोलेसनमा डा. प्रसन्न नेपाल सहितको टिम वसिरहेको र उहाँहरुले नै स्वाव संकलन गर्नु पर्ने वताए । उनले भने, ‘आइसोलेसनमा रहेका विरामीको हेरचाह गर्नका लागी डा. नेपाल सहितको टिम छ । आज त्यहाँ रहेका संक्रमितको स्वाव संकलन गर्ने कुरा थियो । तर आफुलाई कसले स्वाव संकलन ग¥यो भन्ने कुरा थाहा छैन । स्वाव भने डा. नेपाल सहितको टिमले नै गर्नु पर्ने हो ।’ रेग्मीले यस अघि पनि एम्वुलेन्स चालकले स्वाव संकलन गरिरहेको र पछिल्लो समय आफुले स्वाव संकलनका काम नगर्न भनेको वताए ।
आइसोलेसन अस्पतालमा विरामी हेरीरहेका डा. नेपालले ल्यावको एक जनाले मात्र स्वाव संकलन गर्न नसक्ने भएकाले चालकले स्वाव संकलन गरेको वताए । उनले भने, ‘एम्वुलेन्स चालक भएपनि उनलाई पहिला स्वाव संकलनका लागी तालिम दिईएको र उनले नै स्वाव संकलन गरेका हुन् । एम्वुलेन्स चालकले यस अघि पनि स्वाव लिईरहेका थिए । त्यसैले यस पटक पनि स्वाव संकलन गर्न लगाएको हो ।’
आइसोलेसन अस्पतालमा रहेका संक्रमितहरुको हेरचाह डा. नेपाल सहितको टिमले गरिरहेको हुनाले डा. लगाएतका स्वास्थ्यकर्मीले नै स्वाव संकलन नगरी एम्वुलेन्स चालकलाई स्वाव संकलन गर्न लगाउनु स्वास्थ्यकर्मीको लापरवाही भएको स्थानीयले आरोप लगाएका छन् ।