दैलेखकाे ठाँटिकाँध ४ मा पहिरोमा परी एक बालकको मृत्यू, ६ जना घाइते

पहिराेमा पुरिएर मृत्यु भएका वालक जनक कठायत । तस्विर विरेन्द्र कठायतकाे फेसवुकवाट

मातृभूमी संवाददाता । ०३ भदौ दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा गए राति पहिरोले पुरिएर १२ वर्षीय बालक जनक कठायतको ज्यान गएको छ । दुई फरक ठाउँमा गएको पहिरोमा परि दुई जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीका अनुसार ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका ११ वर्षीय लोकेश कठायत र भगवतीमाई गाउँपालिका–५ कट्टीमा गएको पहिरोले घर बगाउँदा ६६ वर्षीय बलबहादुर रावत वेपत्ता भएका हुन् ।
गैरागाउँमा ठाँटीकाँधको प्रहरी टोली र कट्टीमा बेस्तडा प्रहरी चौकीको टोली घटनास्थल तर्फ गैसकेकोले थप विवरण लिन बाँकी रहेको प्रहरी नायव उपरीक्षक ओलीले बताए ।
गैरागाउँमा गएको पहिरोले ७ घर बगाएको छ । पहिरोमा परी एकै घरका ४ जना सहित ६ जना घाइतेहरुको उद्धार गरिएको र बेपत्ताको खोजी तथा प्रभावित परिवारहरुको व्यवस्थापनको काम भइरहेको ठाँटीकाँध गाउँपालिका–४ का वडाध्यक्ष रमेश सिजापतीले जानकारी दिए ।
राति पहिरो गएको जानकारी पाए लगतै स्थानीयले गैरागाउँका विभिन्न स्थानबाट ७६ जना उद्धार गरिएका मध्ये ५ जना घाइते अवस्थामा छन् ।
४२ वर्षीय टीकाबहादुार कठायत, ४० वर्षीया धनसरा कठायत, १७ वर्षिया वेल कठायत, १५ वर्षीय सम्शेर कठायत, ३४ वर्षीय महेन्द्र शाही, २३ वर्षका गम्म नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको ठाँँटीकाँध गाउँपालिकाका कार्यपालिका सदस्य पदमबहादुर बिकले जानकारी दिए ।
ठाँटिकाँध गाउँपालिका ४ मा साथिसँग सुत्न गएका ११ वर्षिय लोकेश कठायत पहिरो जाँदा भाग्न खोज्दा वेपत्ता भएको वडाध्यक्ष सिजापतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *