पहिरोले पुरिएर दुईको मृत्यु, एक जना अझै बेपत्ता, घाईतेको हेलिकप्टर मार्फत उद्धार

मातृभूमी संवाददाता । ३ भदौ दैलेख
दैलेखको विभिन्न ठाउँमा मंगलवार राति पहिरो जाँदा दुई जनाएको मृत्यु भएको छ भने अझै एक जना वेपत्ता रहेका छन् । ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा मंगलवार राति पहिरो जाँदा १२ वर्षीय बालक जनक कठायत र भगवतीमाई गाउँपालिका ५ कट्टिमा पहिरो जाँदा ६६ वर्षीय बलबहादुर रावतको ज्यान गएको छ ।
पहिरोमा परी ठाँटिकाँध गाउँपालिका ४ का लोकेश कठायत अझै वेपत्ता रहेका छन् । वेपत्ता भएका लोकेशको खोजि कार्य जारी रहेको दैलेख प्रहरीले जनाएको छ । पहिरोमा परी वेपत्ता भएका लोकेश र मृतक जनक वावु छोरा नाता पर्ने हुन् । उनीहरु वावु छोरा मात्र नभई साथि–साथि पनि हुन् । वेपत्ता भएका लोकेश मंगलवार साँझ साथिसँग सुत्न भनी जनकको घर गएका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर ओलीका अनुसार ठाँटीकाँध गाउँपालिका ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँमा गएको पहिरोमा परेका तीन जना घाइतेहरुको उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । पहिरोमा परी घाइते भएका ४२ वर्षीय टीकाराम कठायत, उनका छोरा १५ वर्षीय सम्शेर कठायत र २३ वर्षका बम्म नेपालीलाई उपचारको लागि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
पहिरोमा परी घाईते भएका ४० वर्षीया धनसरा कठायत र ३४ वर्षीय महेन्द्र शाहीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको ठाँटिकाँध गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रमेश सिजापतिले जानकारी दिए । उद्धार गरी सुर्खेत पु¥याईएका घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको ठाँटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष धिरवहादुर शाहीले वताए ।
मंगलवार राति आएको अविरल वर्षासँगै गएको पहिरोले ठाँटिकाँध गाउँपालिका ४ मा के–कति क्षति ग¥यो भन्ने यकिन नभएको वडाध्यक्ष सिजापतिले वताए । घाईतेहरुको उद्धार र वेपत्ताको खोजि कार्यसँगै क्षति विवरण संकलन कार्य जारी राखेको वडाध्यक्ष सिजापतिको भनाई छ । मंगलवार रातिको गैरागाउँमा गएको पहिरोले ७ घर बगाएको छ । प्रभावित परिवारहरुको व्यवस्थापनको काम भइरहेको ठाँटीकाँध गाउँपालिका ४ नं. वडा कार्यालयले जनाएको छ ।
दैलेखको ठाँटिकाँध गाउँपालिका ४ गैरागाउँ र भगवतिमाई गाउँपालिका ५ कट्टिमा गएको पहिरोमा परि कति पशु चौपायको मृत्यु भयो भन्ने यकिन जानकारी अझै प्राप्त भएको छैन ।
यसैगरी ठाँटिकाँध गाउँपालिका ४ मा रहेको गैरागाउँ लघुजल विद्युत आयोजना पुर्णरुपमा क्षति भएको छ । २०६९/०७० मा निर्माण गरिएको गैरागाउँ लघुजल विद्युत आयोजना पुर्णरुपमा क्षति भएको हो । लघुजल विद्युत आयोजनावाट साविक विशाला गाविस वडा नं. ८ र ७ का वासिन्दा लाभान्वित हुँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *