जनताको स्वास्थ्य सुरक्षाका लागी कुनै कसूर बाँकी नराख्ने : सांसद थापा
मातृभूमी संवाददाता । ३ भदौ दैलेख
दैलेखको महावु गाउँपालिकामा निर्माण गरिएको आईसोलेसन अस्पतालको उद्घाटन गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमणको उच्च जोखिममा रहेको र कोरोना संक्रमण रहिरहेकाले संक्रमितको उपचार लाई प्रभावकारी बनाउन निर्माण गरिएको आईसोलेसन अस्पतालको उद्घाटन गरिएको हो । गाउँपालिकामा निर्माण गरिएको ३० बेडको आइसोलेसन अस्पतालको कर्णाली प्रदेश सभा सदस्य अमरवहादुर थापाले उद्घाटन गरेका हुन् ।
महावु आईसोलेसन अस्पतालको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्इ थापाले गाउँपालिकाका जनताको स्वास्थ्य सुरक्षाका लागी आफ्नो तहबाट हुने जुनसुकै क्रियाकलापमा कुनै कसूर बाँकी नराख्ने बताए । उनले अस्पतालको थप स्तरोन्नतीका लागि आवश्यक पहल गर्ने समेत प्रतिवद्धता जनाए । गाउँपालिकाको स्रोतबाट गत आर्थिक वर्षको ५६ लाख रुपैयाँ लागनीमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए ।
‘जनताको स्वास्थ्य सुरक्षा गर्न, कोरोना रहित गाउँपालिका बनाउने उदेश्यका साथ आईसोलेसन अस्पताल निर्माण गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शाहीले यसै अस्पतालवाट आइसियू कक्षमा चाहिने सबै उपकरण जडान गर्ने तयारीमा गाउँपालिका रहेको बताए । भवन निर्माणको जिम्मा जेसिका कन्स्ट्रक्सनले लिएको थियो ।
Great job .