नौमूलेमा खोलाले वगाएका युवाको हत्या भएको आशंका
मातृभूमी संवाददाता । ४ भदौ दैलेख
दैलेखको नौमूले गाउँपालिकामा खोलाले वगाउँदा एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका ४ कालिकाका २१ वर्षीय भविलाल बुढामगरको खोलाले वगाउँदा ज्यान गएको हो । तर आफन्तले भविलालको खोलाले वगाएर मृत्यू भएको नभई हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।
गएको साउन ३१ गते शनिवार आफन्त भेट्न नौमूले वजार देखी वाँङ्गे कालिका हिडेका युवाको वुधवार खोलाले वगाएको अवस्थामा लास भेटिएको थियो । उनी नौमूलेवाट गएको साउन ३१ गते शनिवारदेखी कसैको पनि सम्पर्कमा नरहेको आफन्तले जानकारी दिएका छन् ।
मृतक युवकको दुवै आँखा फुटेको, शरिरमा कुनै पनि कपडा नरहेको र कालिकाको वाँङ्गे आसपासमा रगत पनि देखिएकाले युवकको खोलाले वगाएर मृत्यु नभई हत्या भएको हुन सक्ने आफन्तको भनाईलाई उदृत गर्दै नौमूले गाउँपालिका दैलेखका अध्यक्ष भदे वुढामगरले वताए । अहिले रगत देखिएको क्षेत्र नौमूलेको वाँङ्गे कालिका क्षेत्रतर्फ प्रहरी गैरहेको अध्यक्ष वुढाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी हरिवहादुर ओलिले थप अनुसन्धानका लागी जिल्लावाट प्रहरी टोलि खटाईएको जानकारी दिए । डिएसपी ओलिले भने, ‘जिल्लावाट ईन्स्पेक्टर सहितको टोलि घटना स्थलतर्फ खटाईएको छ । वास्तविकता अनुसन्धा पछि मात्र थाहा होला ।’