नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुग्यो

मातृभूमी संवाददाता । ६ भदौ काठमाण्डौ
नेपालमा कोरोना संक्रमित मध्ये थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार थप ११ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेका छन् । विभिन्न ११ जिल्लामा एक÷एक जनाको मृत्यु भएको डा. गौतमले वताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
देशभर थप ८ सय ३८ जनामा कोरोना संक्रतमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ सय ८२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।
प्रवक्ता डा. गौतमले देशभरका विभिन्न अस्पतालबाट २ सय ५० जना कोरोना जितेर घर फर्किएको जानकारी दिए । यो सहित कोरोना निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर क्वारेन्टिनमा रहनेको संख्या १२ हजार २ सय ३४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *