कर्णालीमा नदिमा वगेर दुई वालक वेपत्ता

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख
कर्णाली नदीमा वगेर दुई वालक वेपत्ता भएका छन् । मंगलवार दिउँसो कर्णालीमा पौडि खेल्न गएका दुई वालक वगेर वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा आठविस नगरपालिका ४ भेल्तडीका १४ वर्षिय भरत माझी र १३ वर्षिय विनोद माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मंगलवार वाख्रा चराउन गएका उनीहरु कर्णाली नदीमा पौडी खेल्ने क्रममा वगेर वेपत्ता भएको आठविसका स्थानिय डम्वर माझीले जानकारी दिए । कर्णाली नदीमा वगेर वेपत्ता भएका दवैजना वालकको खोजीका लागि राकमकर्णाली ईलाका प्रहरी कार्यालयवाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिव्र पारीएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *