दैलेख प्रहरीलाई स्वचालित स्यानिटाईजर मेसिन प्रदान

माृतभूमी संवाददाता । ०९ भदौ दैलेख
दैलेख प्रहरीलाई स्वचालित स्यानिटाईजर मेसिन हस्तान्तरण गरिएको छ । मिलन ईलेक्ट्रोनिक्स दैलेखले प्रहरीलाई उक्त स्वचालित स्यानिटाईजर मेसिन हस्तान्तरण गरेको हो । स्वचालित स्यानिटाईजर मेसिन हस्तान्तरण कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघ दैलेखका महासचिव राजेश कुमार हमालले व्यापारीहरु नाफामुखी मात्र नभई समाजसेवी पनि हुन्छन् भन्ने उदाहरण भएको वताए । उनले विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) जिल्ला प्रहरी कार्यालयमा फैलिन नदिन सहयोगी सिद्ध हुने वताए ।
यस्तै नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठ (ध्रुव) ले यो महाविपत्तिको घडिमा सानो सहयोग पनि धेरै ठुलो हुने वताएका छन् । वडाध्यक्ष ध्रुवले भने, ‘जिल्ला प्रहरी कार्यालय दैलेख आफ्नो वडामा पर्ने भएकाले आफु पनि सक्दो सहयोग गर्नेछु ।’ उनले यस अघि पनि प्रहरी कार्यालयलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको भन्दै अवका दिनमा स्वचालित स्यानिटाईजर मेसिनमा प्रयोग गरिने स्यानिटाईजर लगाएत आवश्यक सहयोग गर्ने वताए ।
दैलेख प्रहरी प्रमुख हरीवहादुर वलीले कार्यालयमा स्वचालित स्यानिटाईजर मेसिन जडान गरिदिएकोमा मिलन ईलेक्ट्रोनिक्स दैलेखलाई धन्यवाद दिए । डिएसपी वलीले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राही लगाएत सम्पुर्णले प्रयोग गर्ने वताए । डिएसपी वलीले भने, ‘दिन रात नभनी जनताको जिउधनको सुरक्षार्थ खटिने प्रहरी प्रशासनलाई पनि संक्रमण हुन सक्ने त्यसैले यो स्वचालित स्यानिटाईजरले संक्रमण फैलनवाट रोक्न सहयोग पु¥याउने छ ।’
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिरहेकाले जनताको सुरक्षाका लागी अहोरात्र खटिने सुरक्षाकर्मीका लागी स्वचालित स्यानिटाईजर प्रदान गरेको मिलन ईलेक्ट्रोनिक्स दैलेखका संचालक हरी कार्किले वताए । कार्किले भने, ‘जिल्ला प्रहरी कार्यालय दैलेख सर्वसाधारण नागरिकको सुरक्षा लागी खटिरहेकोले संक्रमण नफैलियोस भनेर उक्त स्वचालित स्यानिटाईजर मेसिन प्रदान गरेको छु । हातले थिच्ने नभई स्वचालित भएकाले केहि हदसम्म संक्रमण फैलनवाट रोक्न सक्छ ।’
जिल्ला प्रहरी कार्यालय दैलेखलाई प्रदान गरिएको स्वचालित स्यानिटाईजर मेसिनको मुल्य ८ हजार ४ सय पर्दछ । उक्त स्वचालित स्यानिटाईजर मेसिनमा १ लिटर क्षमताको रहेको छ । १ लिटर स्यानिटाईजरले ७ सय पटक सम्म प्रयोग गर्न मिल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *