दैलेखका आइसोलेसनमा ४५ जना मात्र

मातृभूमी संवाददाता । १० भदौ दैलेख
दैलेखमा हाल सम्म १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म गरिएको परिक्षणमा १ सय ८ जना महिला र ९ सय ३० जना पुरुष सहित १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल सम्म दैलेखमा १ हजार ३८ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको हो ।
दैलेखमा हाल सम्म नारायण नगरपालिकाकाका ३ सय ४७ जना मध्ये ३७ महिला र ३ सय १० जना पुरुष, दुल्लु नगरपालिकाका १ सय ३९ जना मध्ये २३ महिला र १ सय १६ जना पुरुष, चामुण्डा विन्द्रासैनी नगरपालिकाका १५ जना मध्ये ३ महिला र १२ जना पुरुष र आठविस नगरपालिकाका ५२ जना मध्ये १० जना महिला र ४२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार ठाँटिकाँध गाउँपालिकाका २० जना मध्ये २ जना महिला र १८ जना पुरुष, भैरवी गाउँपालिकाका २१ जना मध्ये १ जना महिला र २० जना पुरुष, महावु गाउँपालिकाका १ सय ८७ जना मध्ये २१ जना महिला र १ सय ६६ जना पुरुष, नौमूले गाउँपालिकाका १ सय ५१ जना मध्ये ४ जना महिला र १ सय ४७ जना पुरुष, भगवतीमाई गाउँपालिकाका १६ जना पुरुष, डुङ्गेश्वर गाउँपालिकाका ७७ जना मध्ये ७ जना महिला र ७० पुरुष, र गुराँस गाउँपालिकाका १३ जना पुरुषमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यसैगरी दैलेखमा हाल सम्म ७ हजार १ सय ३१ जनाको स्वाव संकलन गरिएको छ । दैलेखमा हाल सम्म ८ सय ६१ जना महिला र ६ हजार २ सय ७० जना पुरुषको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका ७ हजार १ सय ३१ जना मध्ये १ हजार ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
दैलेको नारायण नगरपालिकाकाका १ हजार ७ सय १८ जना, दुल्लु नगरपालिकाका १ हजार १ सय ७३ जना, चामुण्डा विन्द्रासैनी नगरपालिकाका ३ सय ३८ जना र आठविस नगरपालिकाका ६ सय २७ जनाको स्वाव संकलन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार ठाँटिकाँध गाउँपालिकाका २ सय ३० जना, भैरवी गाउँपालिकाका १ सय ९६ जना, महावु गाउँपालिकाका १ हजार ८४ जना, नौमूले गाउँपालिकाका ४ सय ६८ जना, भगवतीमाई गाउँपालिकाका ३ सय ५३ जना, डुङ्गेश्वर गाउँपालिकाका ६ सय १७ जना, र गुराँस गाउँपालिकाका ३ सय २७ जनाको स्वाव संकलन भएको छ ।
दैलेखका जम्मा संक्रमित मध्ये ९ सय ८१ जनामा कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हाल सम्म कोरोना संक्रमणलाई जितेर फर्किनेमा ९३ जना महिला र ८ सय ८८ जना पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन् । यसैगरी दैलेखका विभिन्न आइसोलेसनमा ४५ जना रहेका छन् भने ७७ जना क्वारेन्टाईनमा रहेका छन् । जिल्लाभरी ९ हजार ७ सय ६९ क्वारेन्टाइन वेड रहेका छन् भने ६ सय ४३ आइसोलेसन वेड रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *